धनकुटा :संरचना बनेको दुइ बर्ष पुरा नहुदै धनकुटा स्थीत ऐतिहासिक तल्लो टुडिखेल जोखिममा परेको छ ।
लगातारको बर्षाकाकारण टुडिखेल परिसरमा निर्माण गरिएको जिल्ला खेलकुद विकास समितीको भवन भासिएको छ । भवन नजिकै रहेको फूटबलको स्तम्भ पनि जोखिममा परेकाले डोजर लगाएर तानिएको छ ।

टुँडिखेलमा निर्माण गरिएको उत्तर तर्फको प्याराफिट पनि भत्कीएको छ । दक्षिण भागको बिभिन्न स्थानमा पहिरोले तानेको छ । यो टुडिखेलमा भवन, मञ्च प्याराफिट, फटबलको स्तम्भ तारबार निर्काणको कार्य दुइ बर्ष पहिले मात्र पुरा भएको थियो ।

धनकुटा नगरपालिका, संसद विकास कोष, राष्ट्रिय खेलकुद परिषदको करिब एक करोड भन्दा बढिको लागतमा यी संरचना बनेको धनकुटा फुटबल संघका अध्यक्ष गोबिन्द राइले जानकारी दिए ।
देव समसेरको पालामा पहिलो पटक स्थापना गरिएको टुडिखेल पछि २०३० सालमा थप जग्गा अधिग्रहण गरि २०४० सालमा सामान्य प्याराफिट र मञ्च निर्माण गरिएको थियो । पूर्वीक्षेत्रकै प्रतिष्ठित सहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप सहित बिभिन्न प्रतियोगिता यहि मैदानमा हुदै आएका छन् ।