बेलबारीः बेलबारी जेसीजले आयोजना गरेको जेसीज सप्ताह सम्पन्न भएको छ ।

शुक्रबार भएको समापन समारोहमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले बेलबारी जेसीजले यो क्षेत्रमा पु¥याएको योगदानलाई समाजले मूल्याङ्कन गर्ने बताए ।

कार्यक्रममा बेलबारी जेसीजका कार्यकारी उपाध्यक्ष दीपेन्द्र खुलालले जेसीज सप्ताहमा भएका कार्यक्रमको जानकारी गराएका थिए ।

बेलबारी जेसीजका अध्यक्ष राजन प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राजेन्द्रबहादुर अधिकारीले गरेका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयका छात्रछात्रालाई अभिप्रेरणा तालिम पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदी, प्याब्सन बेलबारीका अध्यक्ष भुपाल बस्नेत, बेलबारी साना शहरी खानेपानी आयोजनाका अध्यक्ष महेन्द्र सुवेदी, युवा जागरण अभियानका संयोजक सुजित बस्नेत, शिक्षासेवी इरान राई, इलाका प्रहरी कार्यालयका प्रमुख रामकुमार राई, श्रमिक महिला समूहकी अध्यक्ष नितु थापालगायतको उपस्थिति थियो ।