इटहरीः इटहरी उपमहानगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षहरु सम्मिलित भएको अनुगमन टोलीले अनुगमनको क्रममा गिटी ढुवानी गर्ने २ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

एकम्बाको मुडा खोलामा अनुगमनको क्रममा अवैध गिटी उत्खनन गर्दै गर्दा ती ट्याक्टरलाई प्रहरीसँगको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ ।

इटहरीका कुनै पनि खोला चालु आर्थिक वर्षका लागि ठेक्का लागिसकेका छैनन् । तर खोलामा उत्खनन गर्दै गर्दा भेटिएकोले प्रहरी लगाएर नियन्त्रणमा लिएको इटहरीका प्रमुख प्रशासकीय अधिकृत छवि रिजालले बताए ।

रिजालले भने, ‘स्थानीय अनुगमनका क्रममा ट्याक्टर भेटेका हौँ । अब निवेदन दिन आएमा पहिलो पटकका लागि प्रति ट्याक्टर ५ हजार रुपैयाँ जरिवाना स्वरुप कारवाही गर्नेछौँ ।’

खोला ठेक्का नै नलागी ढुवानी गर्दै गरेको अवस्थामा को २ त ७४९० र को २ त ८१२४ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई प्रहरी चौकी एकम्बामा राखिएको छ ।

mayer itry