गुर्जो धेरै प्रकारका रोगहरुका लागि लाभदायक बनस्पतीको रुप मा लिइन्छ । जुन सुकै रोगबाट थला परेको ब्यक्तिलाई पनि इम्युनिटि पावर बढाउछ भन्ने बिश्वास रहेको छ । इटहरीमा ३३ जना कोरोना पोजेटिभलाई बितरण गरियो । थप अरु पनि धेरै साथी भाइ लिन आउनु भो, करिब १०० जना जतिले खादैहुनुहुन्छ । मैले कोरोना ठिक हुन्छ भनेर गुर्जो बितरण गरेकी होइन । रोगसँग लड्न इम्युनिटी पावर बढाउछ ।
म आयुर्वेद जान्दिन तर गुर्जोसंँग बच्चा बेलैदेखि परिचित छु । मलाई मेरो जिम्मेवारी र पदिय दायित्व राम्रोसंग थाहा छ । समुदायमा जाँदा म एक्लै गएकी छैन , अनि केवल गुर्जो मात्र पनि बाढिएको छैन । उपमहानगरपालिकाले बनाएको कोबिड ज्ञढ होम आइसुलेसन अनुगमन तथा ब्यबस्थापन टिम , इटहरी अस्पताल स्वास्थ कर्मी हरु को टिमसँगै अत्यन्तै सतर्कता अपनाएर गएका छौ । अस्पातलको तर्फ बाट तयारी गरिएको एलोपेथिक औषधिहरुको प्याकेज कसरी खाने कति खाने भन्ने परामर्स पनि दिने गरिएको छ । स्मरण रहोस कोरोना कै औषधि भनेर प्रमाणित भै सकेको छैन चिकित्सकका अनुसार यसको उपचार केवल सहयोगात्मक उपचार हुने कुरा लाई ध्यानमा राखी इटहरी अस्पतालले तयार गरेको सपोर्टिभ औषधिहरु सहित भिटामिनहरुले पक्कै पनि सन्क्रमितहरुलाइ फाइदा पुग्ने बिश्वास बोकेर गएका छौ ।
के ठिक के बेठिक छुट्याउन म पनि सक्छु । कोरोना पोजेटिभ भन्ने बित्तिकै दुव्र्यवहार गर्ने समाजमा हामी जनप्रतिनिधिहरुले सकारात्मक सन्देस दिनु जरुरी छ भन्ने लागेर म जोखिम मोलेर समुदायमा गएर कोरोना पोजेटिभलाई भेटेर फर्किएकी मात्र छैन, मैले वरिपरिका छिमेकीहरुसंग बाटोमा उभिएर (उहाँहरु बार्दलीमा म सडकमा ) बसेर छलफल गरेकी छु ।
कोरोना पोजेटिभ हुनु अपराध होइन, शरीरमा भाइरस प्रबेस गर्नु हो । तपाईं छरछिमेकीहरुले देखाउने सद्भाव माया ममताले भाइरससँग लड्ने शक्ति प्राप्त हुन्छ । हजुरहरु एक प्रकारको तागत हो । त्यो तागत बनिदिनुस अनुरोध गर्छु भनेर हात जोडेकी छु । माया र प्रेम नै जीवन जिउने हौसला हो माया प्रेम बाढिदिनुस पैसा लाग्दैन भनेकी छु । भोलि तपाईं सन्क्रमित हुनुभयो भने पनि मैले भन्ने यहि हो गर्ने यहि हो । भनेर सम्झाएकी छु । सँगै हामी जनप्रतिनिधिहरुलाई र नगरपालिकालाई केही भन्नू छ कि भनी सोध्ने गरिएको छ । आफ्नो जनप्रतिनिधि आफ्नै आगनमा पाउँदा खुसी भएको पाएकाछौ । हामी पुगेर फर्किएका ठाँउमा व्यवहारमा सुधार भएको कुरा पिडितहरुले बताउनु भएको छ । वहाँहरु खुसी हुनुभएको छ । इटहरीका नागरिकको चेहरामा खुसी देख्नु नै हामी जनप्रतिनिधिहरुको सपना हो , सन्तुष्टि हो ।
ठुला ठुला आदर्सका कुरा गर्ने सामाजिक सन्जालमा सबैलाई अर्ति गर्ने तर आफ्नो छिमेकमा आफ्नै नाता पर्ने कोरोना पोजेटिभ भएपछी त्यता फर्केर पनि नहेर्ने, एक कल फोन नगर्ने बुझ्रुक हरु पनि भेटियो ( नाम उल्लेख गर्न उहाँको पदिय मर्यादा ले दिदैन र गरिन पनि ) यो पढेर आफै बुझ्नुहुन्छ वहाँले आजैबाट वहाँको व्यबहार मा सुधार आओस कामना गर्छु ।
मैले गुर्जोको भारी बोकेकोमा सकारात्मक सुझाब धेरैले दिनु भएको छ । मेरो लागि उर्जा हो, विशेष धन्यवाद दिन चाहन्छु । जस्ले गलत टिप्पणी गर्नु भएको छ वहाँहरुलाई पनि धन्यवाद दिन चाहान्छु । केही छैन यति नभए काम गर्न मजै आउदैन तपाईंहरुको आलोचना मेरो लागि औषधि हो ।
रह्यो भारी बोक्न पदिय मर्यादाले दिदैन भन्ने प्रशंग म जनता कि छोरी हँु सामान्य किसान परिवार कि बुहारी हँु मेरो पारिवारिक सस्कार मसंग छ । मेरो जीवनका २० बर्ष घाँस दाउराका भारी सगै बिताएकी छु । उप प्रमुख कार्यकाल सकिए पछि फेरि घाँस दाउरा गर्न तयार छु । मैले मेरो परिवारको भारी बोक्न मिल्छ बोके । यो समय आज इटहरीका आम जनता मेरो परिवार हो आबश्यकता परेको बेला कथाले मागेको बेला मेरा लागि भारी बोक्न पाउनु ठूलो अबसर हो । तपाईं केहीलाई गुर्जो केही होइन होला । तर पिडितहरु उपमेयर ज्यु मेरोमा कहिले आउनुहुन्छ भनेर फोन गर्नुहुन्छ । गुर्जो पनि छैन ल्याइदिनुस है भन्नुहुन्छ । म लिएर जान्छु । यो समाज अर्ति गर्न जान्ने काम गर्न नसक्ने हुन्जेल कुनै सुधार र परिबर्तन हुदैन । यो महामारीको बेला हो नगरपालिका बन्द गर्नु पर्ने अबस्थामा छौ बन्द छ । यो बेलामा हामी जनप्रतिनिधिहरु पनि प्राय घरमै रहन्छौ,यहि समयलाई मैले जनताको आजको अहिलेको आबश्यकता र माग जे छ त्यही गर्ने सोच बनाएर गरेकी हु । मैले गरेको काम कतिले मन पराउनु भो कतिले मन पराउनु भएन म हेर्छु र त्यो बिसय लाई ५ मा तुलना गर्छु । देबि देवतालाई त आफ्नो अनुकुल नहुदा हामी गाली गर्छौ, म मान्छे हु म संग पनि कमजोरीहरु हुन्सक्छ्न् तर जानेर गल्ती गर्दिन अन्जानमा गल्ती भएमा माफी माग्छु र फेरि गल्ती दोहोर्याउदिन ।

118283805_742738426579663_364760044586978928_n-1598484533
गुर्जो कसैले अमृत मानेर पिउदै हुनुहुन्छ त कतिले राजनितिक आँखाले हेरेको र प्रतिक्रिया दिएको पाए ,यसैमा राजनिती गर्ने चेस्टा पनि भयो । जसले राजनितिक हिसाबले सोच्नुभो त्यो तपाईंको सोचमा खोट हुन सक्छ सच्चिनुस । अस्पताल बनाउन छोडेर गुर्जो खोज्न भनियो, अस्पताल बन्ने प्रकियामा छ बन्छ । तर रातारात होइन समय लाग्छ । कतिको माग छ पिसिआर टेस्ट गर्ने मेसिन किन्नुस भन्ने यो कुरा जायज छ । तर पनि पिसिआर टेस्ट औषधि होइन । आबश्यकता अनुसार गर्ने हो गर्नु पर्छ, भएकै छ । हामी इटहरी उपमहानगरपालिका र अन्य पालिकाहरुको पिसिआर टेस्टको अबस्था कति रहेछ खोजी गर्नुस यो प्रदेस मा सबै भन्दा धेरै पिसिआर टेस्ट गर्ने पालिकामा इटहरी हो, दाबी का साथ भन्छु । यो समय राजनिती गर्ने समय होइन पक्ष र प्रतिपक्ष को आखाले हेर्ने समय पनि होइन । महासंकटको बेला जो जहाँ छ जे सक्छ त्यही गरेर यो संकटबाट आमनागरिकलाई सुरक्षित राख्नु पहल गर्नु पर्छ भन्ने लाग्छ ।
हामी मानिस त हौ तर हामी भित्र दानव प्रबृत्ति पनि छ भन्ने केही घटना ले देखायो आफ्नो निजि जीवन ,स्वास्थ ,परिवार, केही नभनी अहोरात्र कर्तब्य ठानेर बिरामीको सेवामा काम गरिरहेका स्वास्थ कर्मी हरु प्रती गाउँ समाजले गरेका व्यवहार, सुनियो ।
इटहरी ५ मा केही दिन अगाडि पिसिआर नेगेटिभ आइसकेका ब्यक्तिलाई घरमा बस्न नदिएको घटनाले हामी लज्जित भएका छौ । पुनः त्यस्तो घटना नहोस भन्नका लागि हामीले समुदायलाई सचेत गराउनु पर्छ । म यो कार्यमा लागिरहन्छु, सक्नु हुन्छ तपाईं पनि सहयोग गर्नुस लाग्नुस आफ्नो कर्तव्य निर्बाह गर्नुस सक्नुहुन्न भने घर मै बस्नुस सुरक्षित रहनुस सुभकामना छ । अहिले यो कोरोना महामारीमा पहिलो पंक्तिमा स्वास्थकर्मी हुनुहुन्छ,,वहाहरु हाम्रो लागि भगवान सरह हो । काम गर्ने उत्साह थपौ । दोस्रो पंक्ति मा सुरक्षाकर्मी र तेस्रो पंक्तिमा जनप्रतिनिधिहरु छौ । हामिलाइ हौसला दिनुस काम गछौ । गलत टिप्पणी नगर्नुस हाम्रो उत्साहमा कमि आउँछ । तपाईं सबैको बिबेक पुर्ण व्यवहार र सकारात्मक सोच नै हाम्रो काम गर्ने हतियार हो साथ दिनुस् यो युद्दमा सबै मिलेर कोरोना लाई जितौ । धन्यबाद।

                                                                  यो लेख गौतमको फेसबुकबाट लिइएको हो । उनि इटहरी उपमहानगरपालिकाकी उप प्रमुख हुन् ।