कृषि पेशानै उत्तम विकल्पःराज्यमन्त्री गजमेर

  • भदौ २८, २०७७
  • ११२ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

धरानः प्रदेश नम्बर १ की सामाजिक विकाश राज्यमन्त्री जसमाया गजमेरले कोरोनाको महामारीले अस्तव्यस्त बनाएको देशको अवस्थालाई पुरानै अवस्थामा फर्काउन कृषि पेशानै उत्तम विकल्प रहेको बताएकी छिन् । उनले शनिबार मोरङको बेलवारी ६ मा संचालन रहेको बोराबाद बंगर फार्मको अवलोकन गर्दै वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वदेशमै रोजगारी प्रदान गर्न लागु गरिएको सहुलियत ब्याज दरको ऋण तथा अनुदानबाट भरमग्दुर फाइदा लिन युवाहरुलाई आग्रह गरेकि छिन् । उनले भनिन्, ‘सरकारबाट प्राप्त हुने अनुदान भन्दा पनि विभिन्न बैंकहरु मार्फत प्राप्त हुने सहुलियत ब्याजदरमा ऋण तथा अनुदान लिएर लगानी गरे सफल व्यवसायी बन्न सकिने छ, अनुदान लियो, तिर्नु नपर्ने भन्ने बुझिन्छ, अनि व्यापार व्यवसायलाई सफल बनाउन सकिदैन्, तिर्नु पर्छ भन्ने उद्देश्यले काम गर्यौ भने फलदायी बनाउँछ ।’
विगत ७ महिना देखिको कोरोनाको महामारीले प्रभावित बनेका अन्य पेशाहरु उठ्नै नसक्ने गरि थलिएको बेला कृषिले देशकै अर्थतन्त्र उठाउनमा टेवा पुग्ने उनले बताईन् ।
सरकारले कृषि क्षेत्रमा युवाहरुलाई आकर्षण गर्न लागु गरेको सहुलियत दरका ऋण तथा अनुदानलाई सही सदुपयोग गर्दै वैदेशिक रोजगारीलाई निरुत्साहित गर्नु पर्ने सामाजिक विकाश राज्यमन्त्री गजमेरले जोड दिइन् ।

पछिल्लो समय प्रदेश सरकारले विदेश गएर फर्किएका र आफ्नै देशमा कृषिसँग सम्बन्धित व्यवसाय गर्नेहरुको निम्ती धेरै नै योजनाहरु अघि सारेको बताइन् । आर्थिक वर्ष २०७७÷७८ को आर्थिक वर्षमा त्यसलाई सदुपयोग गर्नै उपयोग गर्न पनि उनले युवाहरुलाई आग्रह गरेकि छिन् । कृषि क्षेत्रको नाममा धेरैले झोलामा गाइ वस्तुको गोठ, बंगुर फार्म देखाएर अनुदानको दुरुपयोग गरिएका प्रमाणहरु पनि प्रशस्तै भेटिएको बताउँदै परिश्रम र मेहेनत गर्नेहरुको हातमा सहुलियत ऋण तथा अनुदान पुग्नु पर्नेमा जोड दिईन् ।
कोरोनाको महामारीले अन्य व्यवसायहरुलाई प्रभाव पारे पनि कृषि पेशालाई कुनै प्रभाव पार्न नसकेको बताउँदै उनले अबको दिगो व्यवसाय भनेको कृषि व्यवसाय रहेको बताइन् । उनले भनिन्, ‘सबैभन्दा ठुलो समस्या अहिले सुनचाँदीका गरगहना बनाउने पेशामा छ, आम्दानीको स्रोत छैन, को गहना बनाउन पसलहरुमा आउछ, त्यसो हुदा व्यवसाय दिनानुदिन धरासायि बनेर जाने अवस्था भएको कुरा मध्य नजर राखेर पनि हामिले दिर्घकालिन रुपमा काहि कहिले नछुईटिने खालको कृषि व्यवसायमा अरुलाई प्रेरणा, प्रोत्साहन दिनु पर्छ ।’
कृषि पेशामा लाग्ने बित्तिकै लाभ लिन नसकिएको पनि दिगो व्यवसायको रुपमा रहने उनले बताईन् । १÷२ वर्ष सोचे जस्तो मुनाफा नआए पनि सावाँ मात्रै टिकाएर अघि बढे भविष्यमा सफल हुने उनले बताइन् ।
प्रदेश सरकारले कृषिमा लिएको निति तथा कार्यक्रमहरुलाई स्थानीय तह सम्म पुर्याएर युवाहरुलाई कृषि कर्म तर्फ आकर्षित गर्न सबैको सहयोगको आवश्यकता रहेको बताउँदै उनले फार्मलाई पनि प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।
धरान १७ का ललित गजमेर र मन्जिल लिम्बुले १६ लाख रुपैयाको लगानीमा दुई वर्ष अघि देखि मोरङको बेलबारी ६ स्थित बोरोबादमा बंगुर फार्म संचालनमा ल्याएका हुन् । ४ वर्ष कतारमा बसेर फर्किएका दुइ युवाहरुले फार्ममा लोकल कुखुरा, टर्की, माछापालन लगायत बंगर पालन गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

पोखरामा तीन हजारमै पाराग्लाइडिङ गर्न पाइने

पोखराः प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आक ...

रानि–धरान ६ लेनले दिएको सास्ती

इटहरीः केहि साता यता तपाईँ इटहरी बासीको दैनिकीमा ‘आयो आयो’ र ‘गयो गयो’ भन्ने ...

कोरोना संक्रमणले विराटनगरमा श्रीमान् श्रीमतिको मृत्यु

विराटनगरः कोरोना संक्रमण भई उपचार गराईरहेका श्रीमान् श्रीमतिको १२ घण्टाको फरकमा हिजो विराटनगरमा मृत् ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved