काठमाडौंः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तत्कालीन उपकुलपति, डा बलभद्रप्रसाद दासले पौन ८ करोड अकुत सम्पत्ति आर्जन गरेको तथ्य खुलेको छ।
बीपीका कार्यरत रहँदा उनले १५ करोड ३२ लाख कमाएका छन्। जसमा ७ करोड ७१ लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ।

अख्तियार दुरुपयो अनुसन्धान आयोगले तत्कालिन उपकुलपति दासविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनकी पत्नी पुनम दासलाई प्रतिवादी बनाइएको छ।

२०५० असार २७ मा जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरी २०६८ पुस १७ मा उपकुलपति भएका थिए। २०७६ असार ३० सम्मा प्रतिष्ठानमा प्राध्यापक पदमा कार्यरत रहेको थिए। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए। अन्नपूर्णपोष्टबाट