आधुनिक खेतिमा रमाउँदै युवा किसान

  • माघ ११, २०७७
  • १४४ पटक पढिएको
  • रासस
alt

खोटाङः दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा किसान गङ्गाबहादुर विश्वकर्माले आधुनिक प्रविधिको कृषि व्यवसाय सुरु गरेका छन् ।

राजनीतिसँगै कृषि पेसासमेत गर्दै आएका विश्वकर्माले गुणस्तरीय तरकारी उत्पादन गर्ने उद्देश्यले आधुनिक प्रविधिको कृषि व्यवसाय सुरु गरेका हुन् । खोटाङ कृषि फार्ममार्फत व्यावसायिकरूपमा कृषि पेसा अपनाउँदै आएका विश्वकर्माले उच्च गुणस्तर भएका तरकारी उत्पादन गर्ने उद्देश्यले ४२ लाखको लागतमा एकैसाथ चारवटा हाइटेक निर्माण गरेका छन् । प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्र खोटाङको ३२ लाख र खोटाङ कृषि फार्मको १० लाख रुपैयाँमा फरक–फरक आकारको चारवटा हाइटेक एकैसाथ निर्माण गरेर व्यावसायिक तरकारी खेती सुरु गरेका हुन् । नगरपालिकाले सुरु गरेको प्राङ्गारिक कृषि अभियान कार्यक्रमअन्तर्गत तरकारी, नर्सरी तथा च्याउ उत्पादन गर्ने गरी फरक–फरक आकारमा चार हाइटेक निर्माण गरिएको फार्मका प्रबन्धक विश्वकर्माले बताए । जिआई पाइप र युवी प्लास्टिक प्रयोग गरेर बनाइएको हाइटेकमा उत्पादित तरकारी र च्याउ दिक्तेलबजारलगायत राजधानी काठमाडौँमा समेत खपत गराउने लक्ष्य छ ।

पाँच वर्षभित्र ‘अग्र्यानिक’ नगर बनाउने अभियान चलाइरहेको नगरपालिकामा युवा किसान विश्वकर्माले गोलभेँडा, अकबरे खुर्सानी, बन्दा, काउली, काँक्रो, गाँजरलगायत विभिन्न प्रजातिका तरकारी खेती सुरु गरेका छन् । प्राङ्गारिक कृषि अभियान कार्यक्रमअन्तर्गत विश्वकर्माले आधुनिक बङ्गुर खोर तथा भकारो सुधार, च्याउको ब्रोइलर मेसिनसहितको घर निर्माण गरेका छन् । विगतदेखि नै तरकारी, माछा, फलफूल खेती गर्दै आएका विश्वकर्मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर कार्यपालिका सदस्य हुन् । बिहानरबेलुका तथा बिदाको समयमा तरकारी खेतीमा समय दिने विश्वकर्माले स्थानीय दुई युवालाई रोजगारीसमेत दिएका छन् । विश्वकर्माको कृषि फार्ममा कामदारसँगै श्रीमती सरिता राई (विश्वकर्मा)ले पनि साथ दिने गरेकी छन् । विश्वकर्माले आफ्नै फार्ममा गँड्यौला मल र जैविक विषादी उत्पादनको तयारीसमेत गरेका छन् । ‘अन्य मलको तुलनामा गँड्यौला मलले बढी उत्पादन दिनुका साथै गुणस्तरीयसमेत हुन्छ,’ विश्वकर्माले भने, ‘आधुनिक प्रविधि अपनाएर कृषि पेसा गर्दा कम मेहेनतमा बढी आम्दानी लिन सकिन्छ ।’

त्यसैगरी, यसअघि सोही नगरपालिकाको वडा नं ८ दोर्पाचिउरीडाँडास्थित बुवालुङका युवा किसानले पनि हाइटेक प्रविधि अपनाएर व्यावसायिक तरकारी खेती सुरु गरेका थिए । बुवालुङस्थित सुम्नीमा मेरुङ कृषि समूहमा आबद्ध युवा किसानले प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं १ विराटनगरको १९ लाख रुपैयाँ तथा कृषि समूहको आठ लाख ३३ हजार २ दुई सय ३६ रुपैयाँ लागतमा हाइटेक निर्माण गरेर व्यावसायिक खेती सुरु गरेका हुन् । कृषि पेसामा ‘पूर्णकालीन’ बनेर सामूहिकरूपमा कृषिको व्यवसायीकरणमा जुटेका दोर्पाचिउरीडाँडास्थित बुवासुङका युवाले अलैँची, आलु, अदुवा, अम्रिसो, बेसार, तीतेकरेला, अकबरे खुर्सानी, लसुन, जापानिज नास्पाती, किबी, एभोकाडो, माछा, सुँगुर तथा तरकारी खेती गर्दै आएका छन् । विसं २०७० देखि व्यावसायिक कृषि फार्म सञ्चालन गर्दै आएका १५ युवाले घरजग्गा छाडेर तराई बसिरहेका आफन्तको जग्गा भाडामा लिएर सामूहिक खेती सुरु गरेका छन् ।

कृषि पेसाप्रति युवाशक्तिको मोह जगाउँदै गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न सामूहिक खेतीमा लागेका युवाले कृषि फार्म क्षेत्रभित्रै बसोबास गर्न चारकोठे भवन र छाप्रो बनाएका छन् । गाउँमा आफ्नै छुट्टै घर भए पनि उनीहरूको अधिकांश समय सोही छाप्रोमा बित्ने गरेको छ । जमिन खनजोतदेखि बीउ छर्ने, गोडमेल गर्ने, मलजल गर्ने, भित्र्र्याउनेसम्मका काममा उनीहरू सामूहिकरूपमै खट्ने गरेका छन् । सबै सेयर सदस्य युवा कृषि फार्ममा आलु, अदुवा, तरकारी, ग्रासकार्प जातको माछालगायत हेरचाहकै काममा दिन बिताउने गरेका छन् । -रासस

प्रतिक्रिया दिनुहोस

गायक प्रमोद खरेलको आवाजमा ‘प्रेमको चिनो’ (भिडियो सहित)

इटहरीः सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा रहेको ‘प्रेमको चिनो’ को म्यु ...

एनएमबी बैंकको तरहरा शाखाका पाँच कर्मचारीमा कोरोना पुष्टि, बैंकको सेवा बन्द

इटहरीः कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सुनसरीको इटहरी उपमहानगरपालिका २०, तरहरास्थित एनएमबी बै ...

सडक विस्तारका लागि गएको डोजरमा तोडफोड, प्रहरीद्वारा कारबाही गर्न आनाकानी

इटहरीः मोरङको पथरीशनिश्चरे नगरपालिका ५ मा सडक विस्तारका लागि नगरपालिकाले परिचालन गरेको डोजरमाथि स्था ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved