इटहरी :प्रहरीले सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका स्थित बसपार्क एरियाबाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले इटहरीको बसपार्क एरियाबाट लागुपदार्थको ओसारपसार भइरहेको भन्ने जानकारीको आधारमा खोजतलास गर्दा एक महिलालाई पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले बताएको छ ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१ का ४८ वर्षीय डोमा मण्डल रहेकी छिन् । मण्डलको साथबाट प्रहरीले कोरेक्स ५० बोतल तथा नाइट्रोसन ६०० ट्याब्लेट बरामद गरेको छ । लागूऔषधसहित पक्राउ परेका मण्डलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।