इटहरीः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियस सहितको मुल्यमा आइपिओ निष्काशनको तयारी गरेको पाइएको छ ।

कम्पनीले आईपीओको प्रस्ताव सहित साधारणसभा बोलाएको छ । इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।

कम्पनीको साधारण सभा चैत ११ गते अलोफ्ट होटल ठमेल काठमाडौंमा हुनेछ । साधारण सभाले पारित गरेको खण्डमा इन्स्योरेन्सको आईपिओ निस्कासन प्रक्रिया अगाडी बढ्नेछ ।

कम्पनीले प्रिमियमा आईपीओ निष्काशनको तयारी गरिरहेको संकेत गरेको छ । इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने जारी पूँजी २ अर्ब ५० करोड रुपैयाँको ३० प्रतिशत अर्थात ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्नेछ ।