इटहरीः सोमबार इटहरीमा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी आमसभा भइरहँदा कलाकार शिव शंकरप्रसाद रिजाल जोगिन्दर पानवालाले सत्ता गठबन्धनलाई जिताउन आग्रह गरे ।

नेकपा एमालेको नेतृत्व गरिरहेका केपी शर्मा ओलीले कहिले ट्रेन ल्याउने वहानामा त कहिले ग्याँसको पाइप घरघरमा पुर्याउने वाहानामा जनतालाई ढाँटिरहेको उदाहरण प्रस्तुत गर्दै हेमकर्ण पौडेल नेतृत्वको गठबन्धनलाई इटहरीमा मत दिएर बिजयी बनाउन कलाकार रिजालले मञ्चको प्रयोग गरे ।

हेमकर्ण पौडेल र केशव कुमार विष्ट दुवै सादगी जिवन विताउने लिजेण्ड भएको खुलाउँदै रिजालले अवको विकासको नेतृत्व गठबन्धनले गर्नसक्ने विश्वास दिलाएका थिए ।

हजारौँको संख्यामा उपस्थित भएका जनतालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्दिय सदस्य राजिव ढुङ्गाले आफ्नो शहर सुन्दर होस् भन्ने चाहाना सबैको हुने भएकाले इटहरीमा गठबन्धनलाई जिताएर सुन्दर इटहरी बनाउने संकल्प पुरा गर्न आग्रह गरे ।

बैशाख ३० गते एक भोट हाल्ने दिनमात्रै नभएर इटहरीको भाग्य र भविश्यको लागि निर्णायक दिन भएकाले सोच विचार गरेर असल नेतृत्व चुन्न इटहरीबासीलाई ढुङ्गाले आग्रह गरे । ३ पटक सम्म नेकपा एमालेलाई जिताउँदा पनि इटहरीका जनतालो पश्चाताप बाहेक केही नपाएकोले अव पनि असक्षम नेतृत्वलाई जिताउने हो भने १० बर्ष पछाडी धकेलिने भएकाले एमालेको नेतृत्वले इटहरीमा सिएफएल काण्ड, लुट कुस्ती, र बर्षाको समयमा जनतालाई त्रास बाहेक केही नदिएको आरोप लगाए ।

नेकपा एमालले ३ पटकसम्म हरेक पल्ट रिङ्ग रोड, हरेक पल्ट टाउन हल, हरेक पल्ट सेरा खोलाको बाढी नियन्त्रण भन्दै घोषणापत्र बनाउने र पटक पटक जनतालाई ढाँट्ने गरेको ढुगानाको आरोप थियो । हिजो बहुमत हुँदा नगर्नेले अव फेरी गर्छु भन्दा कसरी पत्याउने ढुगानाले प्रश्न गरे ।