इटहरीः धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर हर्कराज साम्पाङ्ग राईले मंगलबार पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गरेलगत्तै संचारकर्मीहरुको प्रश्नको जवाफ दिँदै हर्कराजले पव्लिकको विश्वासले आफ्नो जिम्मेवारी बढेको र सबैको सहयोगले नगरलाई सुशासित र विकसित बनाउने बताएका छन् ।विभिन्न खालका समस्यासँग जुधिरहेको धरानलाई उन्नत शहर बनाउनका लागि पहिलो प्राथमिकता खानेपानीलाई दिएर अगाडी बढ्ने राईको भनाई छ ।


व्यवस्थापन र उत्पादन दुई फरक फरक समस्या भएकाले दुवैलाई फरक तरिकाले सम्बोधन गर्ने उनले बताए । विग्रेको मर्मत सम्हार सम्बन्धि काम तत्काल समाधान गर्नुपर्ने र उत्पादन बढाउनको लागि पनि तत्काल अध्ययन गरेर नगरपालिका लाग्ने उनले बताए । सरकार त छ भन्ने जनतालाई बुझाउने महशुस गर्ने वातावरण ल्याउने साम्पाङ्गको योजना छ ।

कसैले अनाहकमा कुटाई खाएर थुनामा बस्नु नपरोस भन्ने पनि आफ्नो प्राथमिकतामा पर्ने र सुकुम्बासीहरुलाई पेल्ने काम गर्नु हुदैन सुकुम्बासी बस्तीलाई कसरी व्यवस्थीत गर्ने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको धारासायी सेवालाई कसरी व्यवस्थीत गर्ने ,स्रोत, साधन र अधिकारले भ्याएसम्म धराने जनतालाई सेवा गर्ने उनले बताए । जनताले सडकमा, चोकमा जहाँ बोलाए पनि आफु आउने राईको भनाई छ ।

283757141_545627090275723_8524673154757931342_n (1)

धराने जनताले सबै असलहरुलाई जनप्रतिनिधिमा चुनेको भएकाले सबैले विकास निर्माणमा सहयोग गर्ने आफ्नो अपेक्षा रहेको मेयर राईको भनाई छ ।धरान उपमहानगर अव जनमुखी हुन्छ । चाहिने आवश्यकत सुचना जनताले पाउँछन् । भ्रष्ट्राचार न्युनिकरण हुने उनले बताए ।

धरान उप–महानगरपालिकाका नव निर्वाचित उप–मेयर अइन्द्र बिक्रम बेघाले धरानको खानेपानी समस्या समाधान गर्न सर्दु र खर्दुको बिचमा चेक ड्याम निर्माण गरिने बताएका छन् ।स्वतन्त्र उम्मेदवारका चुनावी अभियानकर्ताको संयोजकको भुमिकामा देखिएका साथीले पदभार लगत्तै मेयरलाई खादा लगाएर सम्मान व्यक्त गरे ।

पदभार ग्रहणसँगै मेयर राईले बैज्ञानिक कर प्रणाली लागु गर्न अध्ययन गर्न उपमेयर आइन्द्र विक्रम बेघाको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । धरानको कर कस्तो छ र त्यसलाई कसरी वैज्ञानिक गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्ने सो टोलीमा प्रमुख प्रशासकिय अधिकृत, राजश्व शाखाका अधिकृत र मेयरले मनोनीत गर्ने एक जनाको कार्यदल रहने निर्णय मेयरले पढेर सुनाएका थिए ।