भोजपुर: सरकारले हालै संसदमा दर्ता गराएको मिडीया काउन्सिल विधेयक फिर्ता गर्न माग गर्दै भोजपुरमा पनि पत्रकारहरुले बुधबार दिउँसो प्रदर्शन गरेका छन् ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी सो कानुनको विरोधमा नेपाल पत्रकार महासंघले देशव्यापी आव्हान गरेको संघर्षका कार्यक्रममा भोजपुर शाखाले ऐक्यवद्धता जनाउँदै हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेको हो । सदरमुकामको शहिद पार्कमा आयोजिन प्रदर्शनमा नेपाल पत्रकार महासंघ भोजपुरका सभापति श्यामकृष्ण दाहालले संविधान प्रदत्त प्रेस स्वतन्त्रतासँग वाझिने गरि पत्रकार तथा मिडीया हाउसलाई अंकुश लगाउने र तर्साउने गरि ल्याइएको कानुनबाट सरकार आफूखुशी काम गर्न उद्दत रहेको स्पष्ट भएको भएको बताए ।
पत्रकारिता जगतमाथि विभिन्न बहानामा अंकुश लगाएर जनताको सुसुचित हुन पाउने अधिकारमाथि सरकारले धावा बोलेको पत्रकारहरुको टिप्पणी थियो ।