सुनसरीः नेपाली काँग्रेसले वर्तमान सरकारको मनोमानी बढेकाे भन्दै प्रजातन्त्र माथि खतरा भएको तर्क गरेको छ । सुनसरीको इनरुवामा शीर्ष नेताहरू सम्मिलित दोस्रो जागरण अभियानमा बोल्ने नेताहरूले मानव अधिकार देखि सेना प्रहरीमा सरकारको हस्तक्षेप प्रजातान्त्रिक पद्धति नभएको तर्क गरेका छन् ।

पाटी सभापति शेर बहादुर देउवाले सरकार विधि र विधान विपरीत चलेको भन्दै आपत्ति प्रकट गरेका छन् भने कार्यकर्तालाई खबरदारीका लागि तयार रहन भनेका छन् ।
नेता कृष्ण प्रसाद सिटौलाले नेपालका संवैधानिक आयोगहरू सरकारको लाचारीकाे छाँया बनेको टिप्पणी गरे । उनले सरकारले एकलौटी हस्तक्षेप गरेको भन्दै न्यायालयलगायतका संवैधानिक निकायमा कम्युनिस्ट सरकारले सिधै हस्तक्षेप भएको आरोप लगाए ।

१५ दिन सम्म चल्ने जागरण अभियान देशैभर एकै साथ सुरु गरिएको छ ।  अभियानले सरकारी कदमको खबरदारी गर्दै काँग्रेसलाई एक ढिक्का बनाउने नेताहरूले विश्वास लिएका छन् ।