सखुवासभाः प्रेस संगठन नेपाल संखुवासभाले नेपाल पत्रकार महासंघलाई ज्याकेट हस्तान्तरण गरेको छ । पत्रकार कृष्णसेन इन्छुकको १७ औँ स्मिृति दिवसको अवसर पारेर संगठनले २५ थान ज्याकेट हस्तान्तरण गरेको हो । 
पत्रकार महासंघलाई ज्याकेट हस्तान्तरण गर्दै प्रेस संगठन संखुवासभाका संयोजक अनिस विष्टले जिल्लामा क्रियासिल रुपमा खटिने पत्रकारहरुलाई रिपोर्टिङको क्रममा जिल्लाका जुनसुकै ठाउँमा वा बाहिर जिल्लामा जादा समेत पहिचानमा असहज नहोस भन्ने उद्देश्यले ज्याकेट वितरण गरेको बताए । 
विश्वमा फैलिएको महामारी कोविड १९(कोरोना भाइरस) को रिपोर्टिङको क्रममा पत्रकारको पहिचानको लागि प्रेस लेखिएको ज्याकेट हन्तान्तरण गरेको संगठनले जनाएको छ । ज्याकेट ग्रहण गर्दै पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीले प्रेस संगठनलाई धन्यवाद दिए । जिल्लामा पत्रकारको पहिचानमा केहि समस्या भएको भन्दै असजतालाई सहजता तिर बदल्नको लागि प्रेस संगठन अग्रसर रहेकोमा अध्यक्ष गिरीले धन्यवाद दिए । 
ज्याकेट क्रियासिल २५ पत्रकारलाई वितरण गर्दै अध्यक्ष गिरीले पत्रकारको पहिचानलाई दुरुपयोग नगर्न समेत पत्रकारहरुलाई निर्देशन दिए । 
 
                     
         
         
                            
                                                             
        




















 
         
         
         
         
         
         
        