इटहरी :डोल्पामा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याब इन्चार्ज विवेक पुनका अनुसार जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय एक पुरुषको मृत्युपछि थ्रोट स्वाब आरटी पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो ।

उनी गत जेठ १८ गते १२ जना साथीसँग गाडी चढेर सुर्खेतबाट डोल्पा पुगेका थिए ।डोल्पा पुगेपछि केही दिन उनी क्पारेन्टाइनमा बसेका थिए । लामो समय देखि उनी दमको बिरामी भएकाले होम आइशोलेसनमा बसिरहेका उनको २० गते मृत्यु भए पनि २२ जेठमा मात्र स्वाब संकलन गरेर परीक्षणका लागि जुम्ला पठाइएको थियो।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ११ जनाको मृत्यु भएपछि मात्र रिपोर्ट आएको छ ।