इटहरीः मंगलबार सार्वजनिक रिर्पोट अनुसार सुनसरीमा अहिले सम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकै दिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या अहिले सम्मकै उच्च रहेको जनस्वास्थ्य कार्यलय इनरुवाकी फोकलपर्सन शिर्जना लिङ्थेपले जानकारी दिएकी छन् । आज थपिएका सक्रमीत संगै सुनसरीमा ७ सय ६२ जना पुगेका छन ।

उनका अनुसार मंगलबार ११ जना महिला र ४५ जना पुरुष गरी सुनसरीमा थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सोमबार साँझ इनरुवाका २६, इटहरीका २१ र दुहबीका ७ जनामा कोरोना देािखएको थियो । मंगलबार बिहान धरानमा १ महिला र १ पुरुषमा संक्रमण देखिएको छ ।

सुनसरीमा अहिले सम्म देखिएका संक्रमीत मध्ये ३ सय ५० जना कोरोनामुक्त भएका छन् भने ४ सय ७ जना सक्रिय संक्रमित छन् । कोरोनाबाट सुनसरीमा ५ जनाको मृत्यु भैसकेको छ । मृतकहरु सबै धरान उपमहानगरपालिकाका रहेका छन ।