धरानः इजाजत बिना नै बिभिन्न नामका औषधीहरु नेपाल ल्याउने एक समुहलाइ प्रहरीले औषधी सहित सुनसरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलिले बुधबार हरिनगर गाउँपालिका वडा नम्बर २ स्थित भुटाहा सिसुवा धरमपुर सडक खण्डमा ३ जनाको समुह सहित औषधी पक्राउ गरेको हो ।
विशेष सुचनाको आधारमा खटिएको प्रहरीको टोलिले हरिनगर गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३७ का अख्तर मिया, सोही स्थान बस्ने वर्ष २२ का एहरमान अंसारी र वर्ष ३२ का मुख्तर आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए ।
प्रहरीले अख्तर मियाँले बोकेको प्लाष्टिकको बोरा भित्र निमोस पि १ सय ४९ पत्ता, भाइबल ४ सय ९८ पत्ता,जेनेग्रा रेड १०० लेखिएको औषधी २ सय पत्ता, स्पास्मोप्रोक्सीभोन ८ ट्याब्लेट र निट्राभेट १० ४ पत्ता पक्राउ गरेको एसपी थापाले बताए । प्रहरीले एहसान अंन्सारीले बोकेको लाबोट सिरिन्ज इन्जेक्सन ४३ थान, पुरुष जिवन क्याप्सुल २ बट्टामा १२ पत्ता, डेर्मीकेमोक १ सय ९५ थान मलम, सेटसोल २ सय पत्ता, पान्टोप्राजोल ग्यास्ट्रो रेसिस्टेन्ट पि ४० डिएसआर ७९ पत्ता, एक्लोरलाम्स्प १ सय ४० पत्रा, जेनेग्रा रेड १०० को १ सय पत्ता, पि ४० डि ३ सय ५९ पत्ता र केटि फाइभ डेर्मक्रिम ८४ वटा पक्राउ गरेको छ । पक्राउ परेको ३ जना सहित औषधीहरु आवश्यक कारवाहीका लागि औषधी विभाग विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।