इटहरीः इटहरीमा आज एकै दिन ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजोसम्म कोरोना भाइरसको संक्रमित नभेटिएको इटहरीको चार वटा वडाहरू मध्ये २ वडामा संक्रमण पुष्टि भएसंगै इटहरीमा थप कोरोना संक्रमण फैलने जोखिममा थपिएको छ । यस अघि इटहरीको वार्ड नं ३ , १० , १३ र १५ मा एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थिएन । यो संगै इटहरीमा कुल संक्रमितको संख्या २ सय १२ पुगेको छ ।
आजको रिर्पोट अनुसार इटहरीको वार्ड नं १३ मा एकै दिन ११ जना पुरूष र वार्ड नं १० को दुइ पुरूषमा कोरोना पोजेटिभ देखिएपछि दुवै वडाहरू पनि संक्रमणको उच्च जोखिममा परेका हुन । बुधबार एकै दिन इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएसंगै लामो समयदेखि भाइरसबाट जोगिदै आएको ४ वटा वडाहरूमध्ये १३ र १० पनि जोखिममा परेका छन् ।
बुधबार एकै दिन थपिएका ५८ जना मध्ये ३८ जना इटहरीको खनारस्थित प्रगति टेक्सटाइलमा कार्यरत उद्योगका मजदुरहरू रहेको इटहरी उपमहानगरका जनस्वास्थ्य नीरिक्षक घनश्याम सिग्देलले बताए । टेक्सास उद्योगमा मा कार्यरत ३८ जना मध्ये अधिकांस इटहरीबाहिरका हुन तर आसपास नै डेरा गरी बसेको र उपमहानगरबाटै स्वाब संकलन गरिएकोले इटहरीमै गनिएको बुझिएको छ ।
अन्य वडाहरुमा संक्रमण फैलिए पनि एक जनापनि संक्रमित पुष्टि नभएको इटहरीको वडा नं १३ मा बुधबार एकैदिन ११ जना पुरूषमा संक्रमण पुष्टि भएपछि सो क्षेत्रमा समुदाय स्तरमै कोरोना फैलिसकेको अनुमान लगाउदै उपमहानगरले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यस्तै यस अघि सम्म संक्रमणको दर सुन्य रहेको वडा नं १० मा पनि दुइजना पुरूषमा कोरोना पुष्टि भए संगै सो क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
इटहरी १३ मा ११ पुरुष १ महिला,इटहरी ६ मा ५ पुरुष २ महिला,इटहरी ११ मा ५पुरुष,पाँच नम्वर वडाका२ पुरुष ३ महिला, १२ नम्वर वडाका ३ पुरुष,दश नम्वर वडाका २ पुरुष,सोह नम्वर वडाका १ पुरुष १ महिला,वडा नम्वर १,७ र ८ का एक एक जना पुरुष,इप्रका इटहरी र शशस्त्र प्रहरीका एक एक पुरुष रहेका छन ।