धरानः बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
दुबै जना सप्तरी जिल्ला राजविराज ७ का ५५ र ५० वर्षका पुरुष रहेको प्रष्ठिानका प्रवक्ता डा.निदेश सापकोटाले बताएका छन । उनिहरुको ४५ मिनेटको फरकमा मृत्यु भएको थियो । ५५ वर्षिय पुरुष १ः१५ मृत्यु भएको हो भने ५० वर्षका पुरुषको २ बजे मृत्यु भएको सापकोटा जानकारी दिएका छन ।
५५ वर्षीय पुरुष कमजोरी, अल्प रक्तको समस्या, मधुमेह जस्ता समस्या भएपछि सप्तरीको छिन्नमस्ता अस्पतालबाट रेफर भई भदौ ४ गते आएका थिए । मेडिसीन वार्डमा उपचार गराइरहेको उनलाई ७ गते कोरोना संक्रमण पुष्टि भए पछि ८ गते कोरोना अस्पतालमा सारी आइसियुमा उपचारका क्रममा मृत्यु भएको सापकोटाले वताएका छन ।
५० वर्षिय पुरुष भने ४ दिन देखी उच्च ज्वरो, स्वास प्रस्वासमा समस्या रहेको थियो । उनलाई आजै संक्रमण पुष्टि भएपछि प्रतिष्ठान ल्याइएको थियो । प्रतिष्ठान आइपुग्दा सिकिस्त अवस्थामा रहेका उनमा मधुमेह रहेको प्रवतm सापकोटाले वताएका छन । उनका अनुसार दुबै शवको व्यावस्थाप नगर्ने कार्य भइरहेको छ ।