इटहरीः सुक्रबार सार्वजनिक गरिएको रेकर्ड अनुसार प्रदेश १ मा गएको २४ घण्टामा अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नम्बर १ मा सुक्रबार मात्रै १ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । प्रदेश १ को पनि सबैभन्दा धेरै संक्रमित मोरङमा देखिएका छन् । मोरङमा ७० जना संक्रमित देखिएका हुन् । मोरङको पनि विराटनगर(प्रदेश राजधानी)मा ६० जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलका अनुसार सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
विराटनगरमा ६० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार संक्रमण देखिएकामा २५ महिला र ३५ जना पुरुष रहेका छन् । मोरङको बुढीगंगामा २ महिला र ४ पुरुष, लेटाङमा २ महिला, सुनबर्षी र ग्रामथानका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको दुहवीमा ७ महिला र ६ पुरुष, इटहरीमा १ महिला र ९ पुरुष, धरानमा १ महिला र २ पुरुष, इनरुवामा २ पुरुष, गढीमा १ महिला र १ पुरुष, बर्जुमा १ महिला र १ पुरुष, बराहक्षेत्रमा १ पुरुष र कोशी गाउँपालिकामा १ महिलामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार झापाको कन्काईका ३ महिला र ८ पुरुष, दमकका ३ महिला र २ पुरुष, मेचीनगरमा ४ पुरुष, भद्रपुर र झापा गाउँपालिकामा ३–३ र कचनकवल र गौरीगञ्जमा १–१ पुरुषमा कोरोना देखिएको छ । यस्तै ओखलढुङ्गाको मानेभन्ज्याङमा २ महिला २ पुरुष, भोजपुरमा १ पुरुष, उदयपुरको त्रियुगाका १ पुरुष, सोलुखुम्वु र खोटाङको स्थानीय तह नखुलेका १–१ पुरुष र प्रदेश १ बाहिरका १ महिला ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८२५ पुगेको छ । शुक्रबार कोरोनामुक्त ७२ जना डिस्चार्ज भएका छन् ।