इटहरीः होटलका कामदार र संचारकर्मी सहित इटहरीमा शनिवार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक होटलमा कार्यरत ४० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्थानीय एक टेलिभिजनका २४ वर्षिय पुरुष सञ्चारकर्मी , इटहरी ९ का १ जना २९ वर्षिया महिला, इटहरी १३ का १ जना ४१ वर्षिय पुरुष, शसस्त्र प्रहरी वल पकली का ३ जना र कोशी अस्पतालमा जाँच गरेका इटहरी १७ का १ जना ४५ वर्षिय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या २ सय ३१ पुगेको छ ।

इटहरी उपमहानगर अन्तरगत स्वास्थ्य शाखाका अनुसार भदौ १५ गते अघि बेग्ला बेग्लै मितिमा गरिएको पिसिआर परिक्षणबाट प्राप्त रिपोर्ट अनुसार शनिबार बिहान ८ जना थपिएका हुन । यता होटलमा कार्यरत पुरूषमा कोरोना पुष्टि भए पछि तत्काल होटल बन्द गराउन सञ्चालकलाइ अनुरोध गरिएको छ । होटलमा कार्यरत संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरूलाइ तत्काल पिसिआर परिक्षण गरी होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।