इटहरीः इटहरी उपमहानगरपालिका भित्र २ जना बालबालिका सहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौं १७ गते लिइएको स्वाब संकलनबाट गरिएको परिक्षण अनुसार २ बालबालिका सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै इटहरीमा संक्रमण हुनेहरुको संख्या २३८ पुगेको छ ।
संक्रमण पुष्टी भएको मध्ये इटहरी ३ का ३६ वर्षिया १ जना महिला , इटहरी ४ का ५० वर्षिय १ जना पुरुष , इटहरी ५ का ८ वर्षिया बालिका र ३७ वर्षिया महिलामा संक्रमण पुष्टि भएको छ । इटहरी ८ का ७ वर्षिय बालक, १७ र २० वर्षिया महिला पनि संक्रमण पुष्टि भएको इटहरी अस्पतालका ईमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले बताए ।