ईटहरीः ईटहरी उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कल्याण बहादुर कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड १९ महामारिको रोकथाम, नियन्त्रण र व्यवस्थापन कार्यमा सक्रिय हुँदै दिनरात जनताको काम र सेवामा खटिने क्रममा उनमा कोरोना संक्रमण भएको हो ।

उनको स्वाब १८ भदौंमा संकलन गरि परिक्षण गर्दा आज रिर्पोट पोजेटिभ आएको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले बताए । वडा अध्यक्ष कार्कीको स्वीकृतीमा धमलाले उनलाई कोरोना संक्रमण पुष्टि भएको फोटो सहित राखेर सामाजिक संजाल फेसबुक मार्फत केही समय अगाडी मात्र सार्वजनिक गरेका छन् ।

उनको रिर्पोट कोभिड १९ सक्रमण पोजेटिभ आएकोले सक्रमणलाई यथासिग्र जित्न उच्च आत्मवल प्राप्तिको कामना सहित धमलाले फेसबुकमा सो सामाग्री पोष्ट गरेका हुन् । सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । वडा अध्यक्ष कार्कीसंग विगत ५ दिन भित्र सम्पर्कमा आएका कोभिड १९ का लक्षण भएका व्यक्तिहरुलाई पिसिआर परिक्षणको लागि ईटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरि जाँच गराउनु हुन धमलाले अनुरोध समेत गरेका छन् ।