शंकर खत्री
इटहरीः पछिल्लो समय अग्रपङ्तीमा खटिने स्वास्थ्यकर्मीहरुलाई भइरहेको दुव्र्यावहारले उनिहरुको कामप्रतिको जोस कम भएको पाइन्छ । आफूँलाई हेलाको दृष्टिकोणले हेर्दा पक्कै पनि सबैलाई नरमाईलो लाग्नु स्वभाविक हो । तर इटहरी ५ जनता बहुमुखी क्याम्पसमा रहेको स्वाव संकलन केन्द्रमा खटिएका स्वास्थ्यकर्मीको बुझाई भने अलिक फरक छ । उनिहरु आफ्नो कमलाई धर्म मान्छन् त्यही भएर उनिहरु कुनै कुराको प्रवाह नगरि आफ्नो कर्ममा निरन्तर लागिरहेका छन् ।
स्वाव संकलन केन्द्रका इन्चार्ज वरिष्ठ अहेब शिव कुमार झाले आफूँ स्वयम् दुव्र्यावहारमा परेको तर मन केहि खिन्न भए पनि काम गर्ने जोस कम नभएको बताउछन् । ‘हिजो म मेरो चम्मा बनाउन गएको थिएँ त्याहाँ जादाँ मलाई अरुभन्दा फरक व्यावहार गरे । मलाई त्यहाँ एक भिखारीलाई गर्ने जस्तो व्यावहार गर्दा नराम्रो लाग्यो’ झाले भने । उनले त्यति गर्दा पनि आफूँलाई कुनै प्रभाव नपरेको बताए । ‘हामी गत चैत्र २८ गते देखि जनता क्याम्पसको भवनमा परिवारबाट टाढा भएर बसिरहेका छौँ । यो अवस्थामा हामीलाई दुव्र्यावहार गर्दा केही नरमाइलो त लाग्छ तर यो महामारी नै यस्तै छ त्यसैले यसलाई हामीले सर्हस स्वीकारेका छौँ’, उनले भने । समाजले आफ्नो कामको मुल्याङ्कन गरेर राम्रो व्यावहार गरे काममा थप हौसल प्राप्त हुने उनको भनाई छ ।
विगत ५ महिनदेखि स्वाव संकलनमा खटिरहेका अर्का स्वास्थ्यमर्की निर्मल कुमार चौधरीले स्वास्थ्यकर्मीले जस्तुसुकै अवस्था पनि आफ्नो दायित्व भुल्न नहुने बाउछन् । ‘हामीले जे जस्तो अवस्था आएपनि आफ्नो दयित्व भुल्नु हुँदैन जनता भनेका यस्तै हुन हामीले राम्रो काम गर्दै जादाँ उनिहरुको मनासय पनि परिर्वतन हुन्छ’, चौधरीले भने । उनले जतिसुकै राम्रो काम गरे पनि सबैले त्यसलाई राम्रो मन्दैनन त्यसैले स्वास्थ्यकर्मीहरु कामबाट विचल्लित हुन नहुने बताए । ‘हामी सामाजिक सञ्जालमा स्वास्थ्यकर्मीलाई कस्तो व्यावहार भएको छ, समाजले हामीलाई कस्तो सोच्दै छ भन्दा नि हामी के गर्दैछौँ भन्ने कुरामा बढि ध्ययन दिन्छौँ’, उनले भने ।
शंकर खत्री