विराटनगरः प्रदेश प्रहरी कार्यालय, प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डिआईजी)ईश्वरबाबु कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआईजी कार्कीलाई मंगलबार कोरोना संक्रमण देखिएको विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुइँकेलले बताएका छन् । उनका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोशालामा गरिएको परीक्षणमा कार्कीलाई कोरोना संक्रमण देखिएको हो। उनको परिवारका सदस्यहरुको भने रिर्पोट नेगेटिभ आएको छ । विराटनगरमा मंगलबार मात्रै ११ महिला र ६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।