शंकर खत्री

इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको सत्संङ टोल विकास समितिका बसिन्दा मिलेर बनेको अतिरुपा मार्ग उपभोक्ता समितिले प्रदेश सरकारको बजेट मा घोटला गरेको छ । त्यहि टोल विकास समितिका हरि प्रसाद पोखरेल (गोपाल)को अध्यक्षतामा बनेको समितिले उपभोक्तासँग गरेको निणर्य ‘माइन्युट’ को नक्कली बनाएर प्रदेश सरकारलाई पेश गरेको पाइएको पत्रकार तारा पोखरेलले जानकारी दिए ।

 उनका अनुसार अतिरुपा मार्ग बनाउन प्रदेश सरकारबाट २४ लाख प्राप्त भएको थियो । त्यो कुरा उपभोक्ता समितिका अध्यक्ष गोपाल भनिने हरि प्रसाद पोखरेल र समितिका सिमित मान्छेलाई मात्र थाहा भएको पत्रकार पोखरेलले जानकारी दिनुभयो । सो मार्ग बनाउन प्रदेश सरकारबाट २४ लाख र स्थानीय उपभोक्ताबाट ७ लाख ५६ हजार २ सय ४० सहित ३१ लाख ५६ हजार २ सय ४० रुपैयाँ बजेट जम्मा गरियो । तर प्रदेश सरकारले १६ लाख ५० हजार मात्रै दिने भनेको भन्दै उपभोक्ता समितिले स्थानीयलाई जानकारी गराए । सोहि बमोजिम २४ लाख ६ हजार २ सय ४० रुपौयाँमा अतिरुपा मार्गको काम गरियो ।

pradesh 1

बाटो बनाइ फरफारक गर्ने बेलामा ‘माइन्युट’ गर्दा जति पैसा आएको भनिएको थियो त्यतिकै र उपभोक्ताबाट उठाएको समेत जोडेर अर्थात १६ लाख ५० हजार र ८ लाख ४० हजार गरि २४ लाख ९० हजारमा २३ लाख ६४ हजार खर्च भएको ‘माइन्युट’ गरि उपभोक्तालाई देखाइयो । उता समितिका केही ब्याक्ती मिलेर नक्कलि ‘माइन्युट’ तयार गरि प्रदेश सरकारको २४ लाख र उपभोक्ताबाट उठाएको रकम ७ लाख ५६ हजार २ सय ४० देखाइ फरफारक गरेकोलाई वडा कार्यलयबाट सिफारिस लिइ प्रदेशबाट रकम मिलाएको कागजात पठाइयो । त्यसो गर्दा ८ लाख भन्दा बढी रकम गोलमाल भएको प्रष्ट यो प्रमाणले देखिन्छ ।


यो बारेमा उपभोक्ता समितिका अध्यक्षसंग रकम हिनामिना किन भयो भन्दा यो भीष्म घिमिरेलाइ थाहा छ म केही जान्दिन भन्दै जवाफ दिन्छन् । अध्यक्षले भीष्म घिमिरेलाई ३ लाख १८ हजार आफैले चेक काटेर दिएको बताउँछन् । चेक काटेर पैसा बैकमा दिन्छु भन्दा बैक भित्र होइन बाहिर लिन्छु भन्दै भीष्मले आफूँलाई भनेको अध्यक्षको जिकिर छ । १ लाख ५० हजार चाहिँ अर्कै ‘प्रोजेक्ट’को तिर्न बाँकी यो ‘प्रोजेक्ट’बाट निकालेर गिटि ढुङ्गाको दिएको भन्ने अध्यक्षको भनाइ छ  ।  अध्यक्षले आफूँलाई भिष्मले फसाए भनी गुनासो गरेको पत्रकार तारा पोखरेलले जानकारी दिए । अको तर्फ उक्त ३ लाख १८ हजार प्रदेश कार्यलयका कर्मचारिलाइ घुस खुवाउन लागिएको हो भनी भीष्म घिमिरेले आफूँलाई भनेको अध्यक्ष हरि प्रसाद पोखरेलले बताए ।उपभोक्ता समितिले गरेको यो घोटलालाई भदौ १९ गते अक्तियार दुरुपयोग अनुसन्धानको कार्यालय इटहरीमा मुद्दा दर्ता भएको छ ।

upabhokta