धरानः धरान स्थित वीपी केइरला स्वास्थ्या विज्ञान प्रतिष्ठानमा उपचरारत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका अनुसार रामधुी नगरपालिका ५ झुम्काका ४३ वर्षीय पुरुषको शुक्रबार ४ः३० मा मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा निदेश साकोटाका अनुसार मृतक विगत एक बर्षदेखि झुम्का कारागारमा रहेको कारण धेरै जानकारी नभएको जानकारी दिए ।
मृतकलाई विगत १० दिनदेखि ज्वरो आएको र २ दिनदेखि खोकी, श्वासप्रश्वासमा कठिनाई भएको उनले बताए ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई इनरुवास्थित जिल्ला अस्पतालमा भर्ना गरिएको र थप उपचारका लगि प्रतिष्ठान रेफर गरिएको थियो ।
मृतकलाई शुक्रबार बिहान ११ बजेर ५४ मिनेटमा इर्मजेन्सीमा भर्ना भएका थिए । शुक्रबार नै उनलाई कोभिड १९ संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।