इटहरीः नेपाली कांग्रेस धनुटाले जिल्लाका केही स्थानीय निकायहरुले शिक्षकहरुको दरबन्दी मिलानका नाममा शिक्षा विभागबाट जारी भएको निर्देशिकासंग मेल नखाने गरि विधि विधानलाई लत्याएर आस्थाका आधारमा पूर्वग्राही ढंगले शिक्षकहरुको सरुवा गर्ने कार्य प्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ । आज पार्टीका जिल्ला सभापति अग्निप्रसाद पौडेल र सचिव विजय सन्तोषी राईले एक संयुक्त प्रेश विज्ञप्ती प्रकाशित गरि सो कुरा जनाएका हुन् ।
०७६ सालको विद्यार्थीहरुको संख्याका आधारमा शिक्षकहरुको समायोजन गर्ने क्रममा धनकुटाको चौविसे गाँउपालिकाले कोरोना महामारी र लकडाउन तथा शिल भएको अवस्थामा शिक्षा विभागबाट जारी भएको निर्देशिका मेल नखाने गरि राजििनतिक आस्थाका आधारमा शिक्षकलाई दुःख दिने हिसाबले शिक्षकलाई सरुवा गरिएकोमा सो निर्णय तत्काल सच्याउन नेपाली कांग्रेस धनकुटाले जोडदार माग पनि गरेको छ ।
शिक्षा जस्तो पवित्र क्षेत्रमा राजनितिक नगर्न र राजनितिक आस्थाकै आधारमा निर्णय नगर्न सो पार्टीले आग्रह पनि गरेको छ । सो पार्टीले जिल्लाका अन्य स्थानीय तहले पनि शिक्षकहरुको दरबन्दी मिलान गर्ने कार्य थालिएकाले शिक्षकहरुको सरुवा गर्दा बिभागबाट जारी गरिएको निर्देशिका पूर्ण पालना गरि विधि विधान अनुसार सरोकारवालाहरुसंग परामर्श गरेर मात्र गर्न आग्रह गरेको छ ।
स्थानीय सरकारबाट राजनितिक पूर्वाग्राही राखी निरन्तर रुपमा शिक्षा क्षेत्रमा राजनितिक हस्तक्षेप गरि विधि विधान विपरित एक पक्षीय ढंगले काम गरेमा त्यसको प्रतिरोध गरि आन्दोलन गर्न बाध्य हुने चेतावनी प्रकाशित विज्ञप्ती मार्फत दिइएको छ ।