इटहरीः सुनसरीको धरान उपमहानगरपालिका नगर बाल संजाल तथा ६ नं. वडा बाल संजालको आयोजनामा ‘क्यापासिटी विल्डिङ्ग तथा करियर काउन्सिलिङ्ग वेविनार’ कार्यक्रम संचालन सुरु भएको छ । कोरोना संक्रमण (कोभिड १९) को त्रासका कारण बालबालिकामा परेको नकारात्मक मनोवैज्ञानिक असरलाई कम गर्न भर्चुअल रुपमा कार्यक्रम गरिएको बाल संजालले जानकारी दिएको छ ।
विद्यालय बन्द भएको अवस्थामा पनि स्व–अध्ययन र विविध विषयमा जानकारी गराई बालबालिकाहरुको मनोबल उच्च बनाउन कार्यक्रम गरिएको हो । भाद्र २८ गते आइतवार देखि नियमित १० दिन सम्म विहान ८ वजे देखि ९ वजे सम्म यो कार्यक्रम संचालन हुनेछ । कार्यक्रमको आइतवार प्रदेश नं. १ का सामाजिक विकास मन्त्री माननिय जिवन घिमिरेले समुद्घाटन गरेका छन् ।
प्रत्येक वर्ष भाद्र २९ गते मनाईने बाल दिवसको अवसर पारेर संजालले १० दिने भर्चुअल कार्यक्रम आयोजना गरेको हो । ‘बिपतमा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धता’ भन्ने बाल दिवस २०७७ को राष्ट्रिय नारालाई मध्यनजर गर्दै बालबालिकाहरुलाई लक्षित गरी यस किसिमको भर्चुअल कार्यक्रम आयोजना गरेको धरान ६ नं. वडाका सचिव तुलसी आचार्यले बताए ।
बालबालिकाहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न दक्ष व्यक्तिहरुबाट मेडिटेशन, मोटिभेसन र काउन्सिलिङ्गका कक्षाहरु जुम एम मार्फत संचालन गरिने छ । जुम आई डी ९१३५७८२४३५ र पासवर्ड १२३४ रहेको छ । कार्यक्रममा इच्छुक जस्ले पनि सहभागिता जनाउन पाउने संजालले जानकारी दिएको छ ।
१० दिनसम्म संचालन हुने कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री माननिय जिवन घिमिरे, मानोक्रान्तिका डा. योगी विकासानन्द र राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख डा. महाविर पुनले आफ्नो प्रस्तुती दिने छन् । त्यस्तै यशोधरा नेपालका प्रमुख आचार्य महेन्द्र भटराई, नरदेवी आयुर्वेद चिकित्सालयका डा. प्रदिप केसी, नेपाली फुटवल टिमका क्याप्टेन किरण चेम्जुङ, बाल रोग विशेषज्ञ डा। प्रदिप पौडेल लगायत १० जना विशषज्ञहरुले प्रस्तुति दिनेछन्