काठमाडौँः मंगलवार वसेको मन्त्रीपरिषद्को बैठकले लामा दुरीको यातायात र होटल रेष्टुरेन्ट आसोज १ गते अर्थात् भोलिदेखि सञ्चालन गर्न दिने निर्णय गरेको छ । लामो समयदेखि लामो दुरीका यातायात र होटल व्यावसाय बन्द हँुदा व्यावसायी मारमा परेका छन् ।


व्यवसायीले पहिलेको भन्दा ५० प्रतिशत बढी भाडा लिन पाउने मन्त्रिपरिषदले निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । यातायात सञ्चालन गर्न पाइए पनि पहिलाको भन्दा आधा मात्र यात्रु बोक्न पाउने छन् । क्षमता भन्दा आधा मात्र यात्रु बोक्न पाउने भएको भाडामा ५० प्रतिशतले वृद्धि गरएको हो ।


होटल व्यावसाय पनि सञ्चालन हुने

जनस्वास्थ्यका मापदण्ड पूरा गरी होटल तथा रेण्टुरेन्ट व्यवसाय सञ्चालन गर्न पाइने निर्णय गरिएको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले आवश्यक जनस्वास्थ्यका मापदण्ड पुरा गरेनगरेको अनुगमन गर्ने छ ।