इटहरीः सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख ९मेयर० निलम खनाल संक्रमितको नजिकै गएर उनिहरुको समस्या सुन्ने गरेका छन् । सामान्यतया ः कोहि पनि कोरोना संक्रमितसँग कुरा गर्नै पनि डराउँछन् । कुरा गर्नै परे पनि टाढा बाट बोलाउँछन् । तर प्रमुख खनाल भने संक्रमितको नजिकै गएर समस्या सुन्ने गर्छन् ।
‘सबै कोरोना संक्रमितसँग डराएर भाग्छन् तर म त्यसो गर्दिन । संक्रमित हुनेहरु पनि हामी जस्तै हुन त्यसैले उनिहरुलाई भेट्दा कुनै फरक पर्दैन तर हामीले भौतिक दुरी कायम गरि बोल्ने गर्नुपर्छ’, नगर प्रमुख खनाले भने । कोरोनालाई सामान्य रुपमा र कुनै ठुलै कुरा हो जस्तो भनेर लिन नहुने उनको भनाइ छ ।
नगर प्रमुख खानल भन्छन् ‘हामी यो कोरोना के के नै हो भन्दै भाग्नु पर्ने अवस्था म देख्दिन फेरी मेरो भनाईको मतलब यो होइनकी कोरोना केहि पनि हैन । कोरोना केहि हो रैछ र त हामी डराएका छौँ । त्यसैले यसलाई अति सामान्य रुपमा र असामान्य रुपमा नलिउँ ।’
नगर प्रमुख खनालका अनुसार उनि जब कोरोना संक्रमण नगरमा देखिन थाल्यो तव देखिनै आइसोलेसन र क्वारेन्टिनमा गएर संक्रमितसँग कुरा गर्ने गर्थे । यसले अझ कोरोना संक्रमितको आत्मविश्वासमा वृद्धि हुने नगर प्रमुख खनालेको बुझाई छ ।