इटहरीः सुनसरीको बराहक्षेत्रमा १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नगर प्रमुख निलम खनालका अनुसार असोज ९ गतेसम्म नगरमा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनका अनुसार नगरमा अधिकांस संक्रमित देखिने नगर बाहिरका रहेका छन् । नगर प्रमुख खनालका अनुुसार बराहक्षेत्र स्थायी घर भएका २० जनामा मात्रै कोरोना देखिएको हो ।


‘हाम्रो नगरका २० जनामा मात्रै कोरोना देखिएको छ । ति मध्ये पनि १७ जना निको भएका छन् । अधिकांस विभिन्न ठाउँबाट यहाँ आएकाहरुमा कोरोना देखिएको छ’, नगर प्रमुख खनालले भने । नगरका सक्रिय संक्रमित ३ जना मध्ये १ जनाको स्वास्थ्यमा समस्या देखिएका कारण धरान रिफर गरिएको छ । ति संक्रमितलाई खोकि लाग्ने, स्वाश फेर्न गाह्रो हुने जस्ता लक्ष्यण देखिएकाले धरान लगिएको हो ।