इटहरीः देश संघियतामा गएपछि साविक पूर्वाञ्चल विकास क्षेत्रका १४ जिल्ला मिलेर बनेको प्रदेश १ को राजधानीको विषय टुङ्गो लागि सकेको छ । तर अझै पनि प्रदेशको नामको विषयमा कुनै ठोस निर्णय हुन सकेको छैन् । प्रदेशको नामाङ्कनको संदर्भमा कोशी, सगरमाथा र जातियताको आधारमा लिम्बूवानका नाम गाईगुईँ सुनीने गरिएको भए पनि त्यासको टुङ्गो लागेको छैन ।


प्रदेश सरकारको आधा कार्यकाल सकिँदा पनि प्रदेशको नाम मात्रै हैन धेरै विषय अझै किनारा लागेका छैन । त्यही मध्ये एक विषय हो प्रदेश सभा भवन । प्रदेश सरकारले इटहरी, सुन्दरहरैँचा र विराटनगरलाई वृहत विराट क्षेत्र बनाएर व्यावस्थापीका र कार्यपालीका भवन फरक फरक ठाउँमा बनाउने निर्णय गर्यो । त्यही समयमा प्रदेश १ सरकारको प्रदेश सभा भवन इटहरीमा बन्ने कुरा सुनीएको थियो । तर बिहिवार प्रदेश सभा भवनको विराटनगरमा सिलन्यास गरिएको छ ।


अस्थायी भनिएको सो भवनमा तत्कालका लागि प्रदेश सभाको काम कारवाहरी हुने भएको छ । प्रदेश सभा अस्थायी भवनमा सार्ने कुरा प्रदेश सभामा छलफल नभएको र सो विषयमा बुधवार सिलन्यसको निमन्त्रणा आउँद मात्रै आँफूले थाहा पाएको सुनसरीका प्रदेश सभा सदस्य सर्वध्ज सावाँले बताए । उनले राजनैतिकरण गरी प्रदेश सभा बनाएको आरोप लगाए । ‘सभा बनाउने विषयमा प्रदेश सभामा कुनै छलफल भएको छैन । कुनै मन्त्रीले मलाई जानकारी गराएका छैनन् । प्रदेश सभा वनाउने विषयमा राजनैतिक चलखेल भयो’, सावाँले भने ।


उनको जानकारी अनुसार त्यो अस्थायी प्रदेश सभा हो र स्थायी इटहरीमा नै बन्ने विश्वास व्यक्त गरे । ‘त्यो अस्थायी प्रदेश सभा हो रे, स्थायी इटहरीमा नै बन्छ । हाल सभा बनाउनको लागि संघीय सरकारबाट एक करोड ५९ लाख रकम प्राप्त भएको छ’, प्रदेश सभा सदस्य सावाँले भने । साथै उनले पुर्व जनाकारी विना एक्कासी प्रदेश सभा सिलन्यासको लागि बोलाएको भन्दै उपस्थित नभएको बताए । ‘हामीलाई कुनै जनाकारी गराइए एक्कासी भवनको सिलन्यासको लागि बोलाए पछि हामी गएनौँ । मेरो सो कुरामा पुर्ण रुपमा विरोध छ’, सावाँले भने ।


सावाँका अनुसार कोरोना संक्रमणको यो अवस्थामा स्थायी संरचना बनाउन जोखिम भएकाले हाललाई अस्थायी बनाईएको हो । उनले स्थायी सभा इटहरीमा नै बन्ने तर उच्च ओहोदाका नेताहरुले चासो देखाउनु पर्ने बताए । ‘म जस्ता प्रदेश सभा सदस्यले मात्रै पहल गरेर हुँदैन यसको लागि हामी सबै लागि पर्नुपर्ने अवस्था आएको छ’, सावाँले भने ।

यस्तै सुनसरीबाट प्रदेश सभामा निर्वाचित सांसद तथा प्रदेश सभाकी उप–सभामुख सरस्वती पोखरलले संसदमा इटहरीमा प्रदेश सभा भवन बनाउने कुनै ठोस निर्णय नभएको बताइन् । ‘प्रदेश सभाको कुनै कार्यक्रममा पनि इटहरीमा प्रदेश सभा बनाउने निर्णय भएको छैन् । फेरी त्यहाँ अस्थायी संरचना बनेकाले त्यही प्रदेश सभाको स्थायी कार्यलय रहन्छ भन्ने पनि छैन्’, पोखरेलले भनिन् । उनले प्रदेश सरकारले इटहरी–सुन्दरहरैँचा–विराटनगरलाई ‘वृहत विराट क्षेत्र’ घोषण गरेकाले कुनै पनि ठाउँमा कुनै पनि कार्यलय बन्नसक्ने बताइन् ।


‘प्रदेशको राजधानी घोषणा गर्दा हामीले वृहत विराट क्षेत्रमा प्रदेशका व्यावस्थापीका र कार्यपालीकाका कार्यलय स्थापना गर्ने निर्णय गर्यौँ । हामीले प्रदेशका कुन कार्यलय कहाँ बनाउने भनेर जग्गा खोजेर बनाउन पुगीसकेका थेनौँ’, पोखरेलले भनिन् । हाल रहेको प्रदेश सभा भवनमा पानीको वहाव वृद्धि हुँदै जाँदा प्रदेश सभाको कार्यलय भित्रै पानी पस्ने भएकाले कार्यालय सारिएको पोखरेलको भनाइ छ । ‘गत सालको पानी प्रदेश सभामा नै पस्यो यो वर्ष पनि पानी परेपछि प्रदेश सभाको काम कारवाहरी चलाउन गाह्रो हुन्छ । त्यही कुरालाई मध्यनजर गरेर हामीले अस्थायी रुपमा सभाको कार्यालय सारेका हौँ’, पोखरेलले भनिन् ।