इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नगर स्रोतका अनुसार इटहरीमा सात जना बालबालिका सहित ३४ जनामा कोरोना पोजेटिभ देखिएको हो । भाद्र ३१ गते स्वाव दिएका मध्ये ३४ जनाको शुक्रवार रिपोर्ट पोजेटिभ आएको हो ।

 

संक्रमित हुनेहरुन इटहरी २ का ३५ र ४२ वर्षीय महिला, इटहरी ५ का १४ वर्षीय बालक ३४ र २५ वर्षीय पुरुष र ५ र ९ वर्षीय बालिका ३७ र ४८ वर्षिय महिला, इटहरी ६ का ३६ वर्षीय पुरुष र इटहरी ९ का ७३ वर्षीय पुरुष रहेका छन् । त्यस्तै इटहरी १० का ३२ र ५१ वर्षीय पुरुष, इटहरी १२ का ४२ र ४८ वर्षीय पुरुष, इटहरी १३ का ४४ वर्षीय महिला र इटहरी १६ का १२ वर्षीय बालक र १८ वर्षीय कीशोरमा कोराना पोजेटिभ देखिएको हो ।

 

त्यसैगरि इटहरी २० का १३ वर्षीय बालिका र ७ र ८ बालक तथा २० वर्षीय किशोर, ४० वर्षीय पुरुष, झुम्का कारागारका ३०,४२,४५ र ६५ वर्षीय पुरुष, इलाका प्रहरी कार्यालय इटहरी का २७, ३३ वर्षीय पुरुष र कोशी अस्पतालमा स्वाव परिक्षण गरेका इटहरी ४ का २२ वर्षीय पुरुष, इटहरी ५ का २७ वर्षीय महिला, इटहरी ११ का २७ वर्षीय महिला, इटहरी १२ का ३८ वर्षीय महिला र इटहरी १३ का ५० वर्षीय पुरुषलाई पनि कोरोना पुष्ट भएको छ ।

 यो सँगै इटहरीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ९९ पुगेको छ ।