धरानः संविधान दिवसको अवसर मदन भण्डारी स्पोर्टस् एकेडेमी धरानद्धारा आयोजित रक्तदान कार्यक्रममा १ सय ४ युनिट रगत संकलन भएको छ । १ सय ८१ जनाले स्वास्थ्य परामर्स लिएका छन ।
एकेडेमीका अध्यक्ष प्रसन्त पाठकको अध्यक्षतामा भएको कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का प्रदेश समितिका अध्यक्ष देवराज घिमिरे प्रमुख अथिति रहेका थिए ।

प्रमुख अथिति घिमिरेले जनताको इच्छा र आकांक्षाअनुसार संविधानको कार्यन्वयन हुन नसकेको वताए । कार्यक्रममा धरान उपमहानगरपालिकाकी उप मेयर मञ्जू भण्डारी (सुवेदी) प्रदेश सभाका माननीय सावित्री जोशी, सर्वध्वज साँवा नेकपा नेता आईन्द्र विक्रम बेघा, चोत्लुङ, मुरारी सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

119679636_2824238114472664_7002212788170254335_n
कार्यक्रममा स्वास्थ्य परामर्स र आर्युवेद सम्बन्धि जानकारीमुलक कार्यक्रम पनि गरिएको थियो । स्वास्थ्य परामर्स बीपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दन्त रोग तथा जनस्वाथ्य विज्ञ डा. प्रज्वल गजुरेलको संयोजकत्वमा भएको थियो । गजुरेलले सबै रोग सम्बन्धि परामर्स दिएको जानकारी दिएका छन ।

कार्यक्रममा सेवक अभियानलमा रोग प्रतिरोधात्मक क्षमता वढाउने आर्युवेदको जनचेतनामुलक कार्यक्रम र १२ वटा जडिबुटीबाट बनाएको काडा (झोल) पनि वितरण गरिएको थियो । आर्युवेद सम्बन्धि सेवक अभियानको सहयोगमा भएको थियो ।