इटहरीः सुनसरीको इटहरीमा रहेका विभिन्न जेसिजहरुले जनचेतनामुलक कार्यक्रमबाट जेसिज सप्ताहको सरुवात गरेका छन् । शनिवार इटहरी ६ को वीपी चोकमा रहेको जेसिजको कार्यलयमा एक औपचारीक कार्यक्रमा आयोजना गरेर साइकल यात्रा गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पुर्व सदस्य सचिव केशव विष्टको उपस्थीतिमा आयोजना गरिएको औपचारीक कार्यक्रम पश्चात जनाचेतनामुलक साइकल यात्रा निकालिएको थियो ।

jci1

इटहरी ६ वीपी चोकबाट सुरु भएको साइकल यात्रा भेटघाट चोक, तालतलैया, तरहरा र हलगडा हुँदै पुनः वीपी चोकमा आएर समापन भएको थियो । कार्यक्रममा इटहरीमा रहेका विभिन्न जेसिसका प्रमुख तथा पदाधिकारीहरुले साइकल यात्रा गरेर विभिन्न ठाउँमा जनचेतनामुलक पर्चा टाँसेका थिए ।

 कोरोना संक्रमणको समयमा सम्यम भएर पसल तथा व्यापार व्यवसाय सञ्चालन गर्न अनुरोध गर्दै जेसिजले साइकल यात्रा गरेको हो । यात्राका क्रममा इटहरीका विभिन्न चोकमा कोरोना संक्रमणबाट बच्न नियमीत साबुन पानीले हात धुन, बाहिर जाँदा अनिवार्य मास्कको प्रयोग गर्न तथा स्यानिटाइजरको नियमीत प्रयोग गर्न जेसिजले अनुरोध गरेको थियो ।

jci2 jci3