इटहरी ।  संविधान दिबसको अबसर पारेर मदन भण्डारी स्पोर्टस एकेडेमी रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

एकडेमी नगर कमिटिले शनिबार रक्तदान तथा निःशुल्क स्वास्थ्य परामर्शमा कार्यक्रम गरेको हो ।
रक्तदान कार्यक्रममा १ सय ४ पिन्ट रगत संकलन भएको छ ।

धरान उपमहानगरपालिकाकि उपमेयर मन्जु भण्डारी सुबेदीले पहिले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेकी थिइन।
नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग तथा हातेमालो फाउण्डेसन, सेवक अभियानसँगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा हातेमालो फाउण्डेशनको सहयोगमा निःशुल्क स्वास्थ्य परामर्श सेवा समेत दिइएको थियो ।

साथै, कार्यक्रममा सामाजिक संस्था सेवक अभियानको सहयोगमा शरीरमा तागत बढाउने आयुर्वेदिक औषधी तथा गुर्जोसहितको चिया पनि निःशुल्क वितरण गरेको थियो । कार्यक्रमको प्रमुख अतिथी तथा नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० प्रदेश १ संयोजक देबराज घिमिरे रहेका थिए ।

कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्य मुरारी सुवेदी, मुक्साहाङ मेन्याङ्बो, अइन्द्रबिक्रम बेघा, उपमेयर मञ्जु भण्डारी सुवेदीलगायतले पनि शुभकामना मन्तब्य राखेका थिए ।