इटहरीः इटहरी उपमहानगरवासीलाई घर आँगन नजिकै स्वास्थ्य सेवा पूरयाउन सवै वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । सो अभियान अन्र्तगत आज इटहरी वडा नम्वर ४ मा आधारभूत स्वास्थ्य केन्द्र भवनको शिल्यान्यास गरेर निर्माण समेत सुरु गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी तथा उपप्रमुख लक्ष्मी गौतमले भवन शिल्यान्या गरेका छन्।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख चौधरीले तोकिएकै समयभित्र गुणस्तरमा कुनै सम्झौता नगरि भवन निर्माण गर्न निर्देशन दिए । केहि दिनभित्रैमा १४ वटा आधारभूत स्वास्थ्य केन्द्र भवन शिल्यान्यास गरिने जानकारी दिए । उपप्रमुख लक्ष्मी गौतमले आज शिल्यान्यास गरिएको भवनवाट यहि आर्थिक वर्षमा सेवा सुचारु गरिने वताइन । त्यहाँ आवश्यक पर्ने फर्निचर खरिद गरिसकिएको र मसलन्द खर्चका लागि वजेटको ब्यवस्था गरिएको जानकारी दिइन ।

119662037_329356054837004_7273156848999258660_n

 

वडाध्यक्ष चन्द्र भटराईले वडा नम्वर ४ वाट स्वास्थ्य केन्द्र भवनको निर्माण सुरु गरिएकोमा खुशि ब्यक्त गरे । इन्जिनियर जीवन घिमिरेले २८ लाख ६८ हजार २सय ६४ रुपियाँको लागतमा पाँच महिना भित्र निर्माण सकिने जानकारी दिए । स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले आधारभूत स्वास्थ्य सेवा अव इटहरीका वडा वडामै पाउने गरि काम अघि वढेको जनाए । उनका अनुसार यहि आर्थिक वर्षमा १४वटा भवन निर्माण गरिने छ ।

अहिले १० वडामा स्वास्थ्य सस्थाहरु रहेपनि ४ वटा भाडाको भवनमा संचालित छन । यो आर्थिक बर्षभित्र सवै वडाहरुमा स्वास्थ्य सस्थाहरु भइसक्ने उनले जानकारी दिए । नेपाली काँग्रेसका नेता कमल राईले वडा वडामा स्वास्थ्य सेवा पुग्नु सुखद भएको वताए । निर्माण कम्पनीका प्रतिनिधि जीवन कार्कीले सम्झौतामा तोकिएको समयअघिनै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाए । वडा सदस्य लक्ष्मी शर्माले स्वागत मन्तब्य ब्यक्त गरिन् ।

119735373_2592338304412156_2431699499862288187_n