इटहरीः इटहरी उपमहानगर कार्यालय र सवै वडाहरुका दर्ता कितावलाई डिजिटल वनाउने प्रक्रिया सुरु गरिएको छ । २०३५ सालदेखिका सवै दर्ता कितावहरुलाई डिजिटल वनाउन ७२ हजार डाटा संकलन गरिएको छ । सामाजिक सुरक्षा,ब्यक्तिगत घटना दर्ता लगायतलाई डिजिटल वनाउन इटहरीका सवै वडाहरुमा दर्ता शिविर संचालन गरिने भएको छ । यो कार्यलाई सहजिकरण गर्न इटहरीका सवै वडा सचिव र वडामा पञ्जिकरण सम्वन्धि काम गर्ने कर्मचारीका लागि अभिमुखिकरण सुरु गरिएको छ ।

119649528_361140415061313_8182604301905803963_n
तीन चरणमा गरि अभिमुखिकरण सम्पन्न गरिने छ । पहिलो चरण अन्र्तगत विहान उपमहानगरमा सुरु अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख द्धारिकलाल चौधरीले अवको चार वर्षभित्रमा देशभरका सवै स्थानीय निकायलार्ई डिजिटल सिस्टममा लैजाने सरकारको तयारी अनुरुप इटहरीमा कर्मचारीको शीप र क्षमता अभिवृद्धिका लागि दुईदिने कार्यक्रम प्रभावकारी हुने अपेक्षा ब्यक्त गरे ।

प्रमुख प्रशाशकीय अघिकृत कृष्ण सापकोटाले अहिले भइरहेको कार्यलाई ब्यवस्थित गदै अनलाइन प्रणाली मार्फत अभिलेखलाई चुस्त दुरुस्त राख्ने कार्य सुरु गरिसकिएको जानकारी दिए । कार्यक्रममा एमआइस अपरेटर सीताराम न्यौपानेले सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढिकरण आयोजनाका वारेमा जानकारी दिए ।