इटहरीः गैर आवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना महामारीका कारण समस्यामा परेका १ लाख ५० हजार गैरआवासीयलाई प्रत्यक्ष रुपमा सहयोग पुर्याएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटनसत्रमा बोल्दै संघका महासचिव डा. हेमराज शर्माले कोरोना भाइरस संक्रमण सुरु हुने बित्तिकै एनआरएनका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा उच्चस्तरीय कमिटी गठन गरी योेजनाबद्ध रुपमा अगाडी बढेको र समस्यामा परेका नेपालीलाई घरैमा पुगेर समेत सहयोग गरेको बताए । डा. शर्माका अनुसार करिब ५० देशमा २१ सय भोलेन्टियर्सहरु खटिएका छन् । एनआरएनएले कोरोनाका कारण समस्या परेका १ लाख ५० हजार गैरआवासीय प्रत्यक्ष सहयोग गरेको जनाएको छ । सहयोगमा स्वास्थ्य समाग्रीदेखि खाद्यान्नसम्म छ ।
गैरआवासीय नेपालीहरुबाट नै १२ करोड संकलन गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्चिइएको छ । एनआरएनएले नेपाल सरकारलाई पनि करिब २ करोड २० लाखको स्वास्थ्य सामग्री सहयोग गरिसकेको र सहयोग गर्ने क्रम जारी नै रहेको छ । ‘सुरुमा अर्वानेस्, प्रिभेन्सन र प्रोमोसनमा जोड दिएका थियौँ । पछिल्लो पटक थ्री आर ९रिलिफ, रिपाट्रिएसन र रिह्याबिलिटेसन० को योजनाबद्ध रुपमा काम गरेका थियौँ । त्यो समयमा हाम्रो सचिवालय पुरै परिचालन थियो’ उनले भने ।
विश्वभरी छरिएर रहेका गैर आवासीय नेपालीहरुको अवस्था कस्तो छ भनेर बुझ्न आवश्यक रहेकाले विभिन्न ८२ वटा मुलुकमा रहेका नेशनल कोअर्डिनेशन काउन्सिल (एनसीसी) हरुसँग समन्वयन गरेर अगाडी बढेको उनले उल्लेख गरे । कतार च्यारिटी र कतार रेडक्रसको कोलाब्रेसनमा करिब ७ हजार २ सय फुड प्याकेजहरु बाँडिएको महासचिव शर्माले बताए । त्यस्तै एनआरएनएले आइएलओसँग एउटा प्रोजेक्ट सुरु गरेको जनाएको छ । आइएलओले पहिलो चरणमा ५ करोड उपलब्ध गराइसकेको र ५ करोड केही समयपछि दिने निश्चित भएको महासचिव शर्माले जानकारी दिए । यो प्रोजेक्ट खास गरेर मध्यपूर्वमा रहेका आप्रवासी श्रमिकहरुको लागि लञ्च गरिएको उनको भनाई छ ।
‘यो महामारीकाबीच खास गरेर नेपाल सरकारसँग पनि नजिक रहेर काम गर्ने अवसर मिल्यो , दुतावास, परराष्ट मन्त्रालय, राष्टिय योजना आयोग लगायतसँग नजिक रहेर काम गर्ने अवसर मिल्यो’ महासचिव डा.शर्मा भन्छन्, ‘हामीले धेरै घचघच्याइ सकेपछि नेपालसरकारले मध्यपूर्वका केही मुलुकमा राहतका लागि करिब ७० लाख उपलब्ध गराइसकेको छ ।’ विभिन्न मुलुकका एनसीसी तथा काठमाडौंमा पनि २४ सै घण्टा हटलाईन सेवा सञ्चालन तथा उपलब्ध सबै प्रविधिको प्रयोगमार्फत गैर आवासीय नेपालीहरुको अवस्था बुझ्ने कोसिस गरिएको उनको भनाई थियो । स्वास्थ्य समितिका अध्यक्ष डाक्टर संजिव सापकोटा, कुश श्रेष्ठ लागयत अन्य मुलुकमा रहेका स्वास्थ्यकर्मीहरुको परामर्शअनुसार कोरोना रोकथाम तथा न्यूनीकरणका लागि एनआरएनएले सक्दो पहल गरेको उल्लेख गरे । ‘हामीले हरेक हप्ता के –के छ, गैर आवासीय नेपालीको अवस्था कुन देशमा कति संक्रमित भए मृत्यूको अबस्था के छ यसको जानकारीका लागि बुलेटिन र हरेक आइतबार विशेष बुलेटिन प्रकाशन गर्दै आएका छौँ । यो चाहिँ सरकार, दूतावास र सम्बन्धीत सबैका लागि निकै महत्वपूर्ण भयो । राष्ट्रिय मिडियाहरुले पनि प्राथमिकताका साथ स्थान दिनुभयो, डा शर्माले भने ।
तर एनआरएनएले नेपालीहरु स्वदेश फिर्तीमा महंगो भाडा लगायत विषयमा सरकारलाई पटक पटक घचघच्याउँदा पनि सरकारले त्यसमा बेवास्ता गरेको भन्दै महासचिव शर्माले दुःख व्यक्त गरे । एनआरएनए अब पुर्नस्थापनाका कार्यक्रममा केन्द्रित हुने उल्लेख गरिएको छ । यसका लागि नेपाल र अन्य विभिन्न ४ मुलुकमा गरी ४५ जनाको समुह रहेको महासचिव शर्माले बताए । युके एकेडेमिक टिमसँग मिलेर नेपालमा फर्किएका गैरआवासीय नेपालीहरुसँग कस्तो सीप छ भनेर तथ्यांक संकलन गर्न समेत सुरु गरिएको उनले जानकारी दिए ।
तथ्यांक संकलनपछि उहाँहरुलाई रोजगारदातासँग कसरी जोड्ने भन्ने योजना तयार गर्ने महासचिव शर्माको भनाई छ । त्यस्तै एनआरएनले अक्टोबर ९ देखि ११ सम्म दोस्रो विश्व ज्ञान सम्मेलन समेत आयोजना गर्ने उनले जानकारी दिएको गैरआवासीय नेपाली संघ, ुकोभिड १९ु उच्चस्तरीय समितिका प्रेश संयोजक चिरन शर्माले जानकारी दिएका छन् ।