धरानः स्थानीय तहमा नियूक्त कर्मचारीहरु सोमबार देखि काटोपट्टी बाँधेर काम गरिरहेका छन् । असोज २४ गते हुने निजामतीहरुको आधिकारिक ट्रेड युनियनको चुनावमा लोकसेवा आयोगबाट नियुक्त कर्मचारीहरुलाई सहभागीहुन वन्चित गरेपछि उनिहरुले कालो पट्टी बाधेर विरोध गरेका हुन । लोकसेवा आयोगबाट नियुक्ती भएका कर्मचारीहरुले पनि चुनावमा सहभागी हुनपाउनु पर्ने भन्दै धरान उपममहानगरपालिका वजार अनुगमन अधिकृत बेद प्रसाद सापकोटाले बताए ।
कर्मचारी समायोजन ऐन २०७५ अनुसार लोकसेवा आयोगबाट नियुक्ती भएका कर्मचारीहरुलाई बन्चित गर्न नहुने उनिहरुको भनाई छ । स्थानीय तहका कर्मचारीहरु पनि एउटै पाठ्यक्रममा परिक्षा दिएर एउटै प्रकृयाबाट नियुक्ती भए पनि आफुहरुलाई आधिकारिक ट्रेड युनियनले स्थानीय निकायका कर्मचारीहरुलाई विभेद गरेको उनिहरुको भनाई छ ।
असोज ५ गते स्थानीय निकायका कर्मचारीरुको कालो पट्टी बाँधेर विरोध गर्ने भन्ने निर्णय भएको थियो ।

असोज ६ गते राति ८ वजे स्थानीय कर्मचारीहरुको जुम मिटिगबाथ आगामी संघर्षको कार्यक्रमहरु तय गर्ने योजान रहेको छ । असोज १५ गते सम्म पनि माग पुरा नभए निर्वाचन स्थगन गर्न सवोच्च अदालतमा रिट दायर गर्ने कार्यक्रम रहेको छ ।