आषिका लम्साल
बिराटनगरः बेलायतको लण्डनमा बनेको प्रिन्टिङ प्रेसको १ सय ३९ बर्ष पुरानो हेण्डफ्रुफ मेसिन बिराटनगरमा संरक्षण गरेर राखिएको पाइएको छ ।
बिराटनगर महानगरपालिका मधुमारा निवासी पुर्व मन्त्रि राधाप्रसाद घिमिरले बेलायतको लण्डनमा सन १८८३ मा बनेको प्रिन्टिङ प्रेसको दुर्लभ फलामे हेण्डफ्रुफ मेसिन आफनो घरमा संरक्षण गरेर राखेको पाइएको हो ।

printing press

बिसं २०१४ देखी २०४६ सालसम्म बिराटनगरमा प्रिन्टिङंग प्रेस संचालन गरेका ८९ बर्षिय राधाप्रसादले बाध आकारको खुट्टा भएको प्रिन्टिङ प्रेसको दुर्लभ उक्त्त हेण्डफ्रुफ मेसिन २०१४ सालमा कलकत्ताको स्वाधिन प्रेसबाट खरिद गरेर ल्याएका हुन् । । उनका अनुसार उक्त्त मेसिनबाट बिराटनगरका पुराना पत्रकारहरुको पत्रिका समेत छापिने गर्दथ्यो ।
उक्त्त दुर्लभ हेण्डफ्रुफ मेसिन भारतको दिल्ली र बेङंगलोरको संग्राहलयमा ए्ेतिहासिक पत्रिका निकाल्ने मेसिन भनेर राखिएको छ । आफुले संरक्षण गरेर राखेको हेण्डफ्रुफ मेसिनपनि ऐतिहासिक भएको र कलत्ताको चर्चित स्वाधिन प्रेसबाट आफुले खरिद गरेको राधाप्रसाद बताउँछन । उनि भन्छन , – ‘कलकत्ताको पुरानो चर्चित प्रिन्टिङ प्रेसबाट ल्याएकोले हुनसक्छ नोबेल पुरस्कार बिजेता बिश्वप्रसिद्ध साहित्यकार रबिन्द्रनाथ टैगोरका कृतिहरु प्नि छापिएका थिए की ?’
राधाप्रसादले संरक्षण गरेर राखेको उक्त्त हेण्डफ्रुफ मेसिनलाई दुर्लभ ठानेर जापानको एक सँस्थाले २८ बर्ष पहिले ८ लाखमा खरिद गर्न चाहेको थियो । तर मूल्य कम भएको भन्दै राधाप्रसादले बिक्रि गर्न चाहेनन । उनले उक्त्त दुर्लभ हेण्डफ्रुफ मेसिन ५० लाख रुपैया पाए बिक्रि गर्ने बताए ।

handpruf