इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ९ को रगंशालामा एक सय बेडको आइसोलसन केन्द्र तयार भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा ६ सय आइसोलेसन बेड तयार पार्ने योजना अनुसार इटहरीमा एक सय बेडको आइसोलसन निमार्ण भएको हो । आइसोलेसनको आइतवार जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख फण्न्द्रि मणि पोखरेल, इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकालाल चौधरी तथा विभिन्न व्यक्तिको सहभागीतामा उद्घाटन गरिएको छ ।

 आइसोलेसनमा आउने विरामीका लागि आवश्यक सम्पुर्ण कुराहरुको व्यावस्थापन गरि सकिएको इटहरी उपमहानगरपलिका वडा नम्बर ९ का अध्यक्ष तथा आइसोलेसन निर्माण उपसमितिका संयोजक भुपेन्द्र बरालले जानकारी दिए । अध्यक्ष बरालले ५ दिनमा निर्माण सम्पन्न गर्ने गरि काम सुरु गरिएकोमा लगातारको वर्षका कारण केहि ढिलो निर्माण सम्पन्न भएको बताए । ‘हामीले ५ दिनमा नै काम सक्ने भनेर युद्ध स्तरमा काम गरेका थियौँ । तर केहि दिन देखि परेको लगाताको झरिका कारण निर्माण कार्यमा बाधा पुग्यो र थोरै ढिलो निर्माण सम्पन्न भयो’, उनले भने ।

is4

आइसोलेसनका लागि आवश्यक सम्पुर्ण तयारी पुरा गरेको बरालले जानकारी दिए । ‘हामीले यहाँ चाहिने विद्युत्, खानेपानी, सौचालय, स्नान गृह, सिसि क्यामेरा, माइक लगायतका आवश्यक पुर्वधारहरु जडान गरिसकेका छौँ । त्यसो भएकाले आजबाट यहाँ आउने संक्रमितहरुले निर्वाध रुपमा र निसंकोच तवरले वस्न सक्ने छन्’, उनले भने । उनले भौतिक पुर्वधारसँगै अन्य अन्तरीक तयारी पनि पुरा भएको बताए । ‘हामीले यहाँ सडकदेखि लिएर बेडहरुको व्यावस्थासँगै संक्रमितहरु बस्ने ठाउँमा खानेपानिको व्यावस्था, इन्टरनेटको व्यवस्था र वेला वेलामा रंगशाला परिषरमा हिडडूल गर्ने वातावरण मिलाएको छौँ’, बरालले भने ।

इटहरीको स्वाव संकलन केन्द्र थप आइसोलेसन केन्द्रका प्रमुख वरिष्ठ अ।हे।ब शिव कुमार झाले संक्रमितसँग सम्पर्कमा नआइ सेवा प्रवाह गर्ने जानकारी दिए । त्यस्तै उनले जनता बहुमुखी क्याम्पसको स्वाव संकलन केन्द्र पनि रंगशालामा नै सारिएको जानकारी दिए । ‘अब स्वाव संकलन र संक्रमित पनि रंगशालामा नै रहन्छन् । हामी स्वाव संकलन आइसोलेसनको प्रवेश द्धारमा गर्छौँ र संक्रमितलाई व्यावस्था गरेका आइसोलेसनमा राख्छौँ’, झाले भने । सोमवारदेखि नै संक्रमित राखिने भनिएको इटहरीको आइसोलेसनमा मंगलवारसम्म पनि संक्रमित नआएका झाले जानकारी दिएका छन् ।

is2