इटहरीः पछिल्लो २४ घण्टामा प्रदेश १ मा एक सय ६६ जनामा कोरोनामा संक्रमण देखिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार संक्रमित हुनेहरुमा सुनसरीका ७६,झापाका २४,मोरङका ५६,संखुवासभाका तीन,तेहृथुमका एक र १ नम्बर प्रदेश बाहिरका ६ जना रहेका छन् । सुनसरीको धरानमा १९ महिला र १५ पुरुष गरी ३४ जनामा संक्रमण देखिएको छ । सुनसरीकै दुहवीमा ८ महिला र १२ पुरुष, इटहरीमा ८ महिला र १२ पुरुष तथा रामधुनीमा २ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ ।
यसैगरी, मोरङको बुढीगंगामा ८ महिला र १५ पुरुष, विराटनगरमा ११ महिला र १० पुरुष, बेलबारीमा ५ महिला र ३ पुरुष, रंगेलीमा २, जहदामा १ पुरुष, पथरीशनिश्चरेमा १ महिला, झापाको दमकमा ७ महिला ९ पुरुष, मेचीनगरमा २ महिला र १ पुरुष, भद्रपुरमा २ पुरुष, अर्जुनधारामा १ पुरुष, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । संखुवासभामा तीन पुरुष तथा ते¥हथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला तथा ४ पुरुषमा संकमण भएको मन्त्रालयले उल्लेख गरेको छ ।
यसका साथै प्रदेश १ भरमा कोरोना संक्रमितको कूल संख्या ५ हजार ८५९ पुगेको छ । प्रदेशबाट आज मंगलबार ३७ जना निको भएका ् छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २७, उद्योग वाणिज्य संघ आईसोलेसन ताप्लेजुङबाट ३, होमआईसोलेसनबाट ५, विराट मेडिकल र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५९१ पुगेको छ । प्रदेशमा मंगलबार १ हजार ३३६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ७३ महिला र ९३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख १७ हजार ८८८ जनाको पीसीआर परीक्षण भएको छ ।