इटहरी / धरान उपमहानगरपलिका पूर्व प्रमुख तीन पटक सम्म निर्वाचित यज्ञप्रसाद आचार्यको निधन भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि काठमाण्डौ स्थित नर्भिक अस्पातलको आइसियूमा उपचराको क्रममा ८७ वर्षीय आचार्यको मंगलबार साँझ मृत्यु भएको हो । आचार्यको मृगौला र मुटुको समस्या रहेको थियो ।
उनि २०१६ साल देखि तीनपटक सम्म धरान उपमहानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।
धनकुटाको छथर स्थित तेलिया पिपलेमा वि सं १९९० सालमा जन्मिएका उनि नेपालको विभिन्न राजनितिक आन्दोलनमा सकृय रहेका थिए ।
उनि स्नात्तकोत्तर परीक्षा उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति मानिन्छन् । अचार्यकै अगुवाइमा नेपालमै पहिलोपटक सामुदायिक बिजुली उत्पादन गृह (पावर हाउस) स्थापना भई धरानमा बिजुली वितरण गरिएको थियो ।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी हुँदै दलविहीन पञ्चायती व्यवस्थामा समेत गरी करिब चार दशक सक्रिय राजनीतिमा आचार्य संलग्न रहेका थिए ।