इटहरीः जनता समाजवादी पार्टी प्रदेश १ कमिटिले प्रदेश १ को प्रदेश सभा भवन विराटनगरमा सिलन्यास गरेकोमा आपति जनाएको छ । बुधवार (आज) एक विज्ञप्ती जारी गर्दै जसपाले इटहरी वा सुन्दरहरैँचा मा बनाउने भनिको सो भवन विराटनगरमा सिलन्यास गरिएकोमा विरोध जनाएको हो । ‘विगतमा प्रदेश सभा सचिवलायले जिल्ला समन्वय समितिको परिसर बनाउने तयारि गर्दा गर्दै प्रदेशसभा सदस्यहरुको हस्ताक्षरपछि रोकिएको र प्रदेशको राजधानि ताक्ने क्रममा प्रदेशको राजधानि विराटनगरमा र प्रदेशसभा को कार्यालय इटहरी वा सुन्दहरैँचामा बनाउने निर्णय भएको थियो’, विज्ञप्तीमा भनिएको छ ।
जसपाले प्रदेश सरकारले आफ्नै निर्णयको धज्जि उडाएको र संघियताको गलत अभ्यास गरेको आरोप लगाएको छ । जसपाको विज्ञप्तीमा भनिएको छ, ‘यसरि आफैँले गरेको निर्णयको धज्जि उडाउँदै संघियता भनेको विशिष्ट रुपको विकेन्द्रिकरण समेत भएको मान्यता विपरीत एकात्मक केन्द्रिकरणको चरम नमूना प्रस्तुत गर्ने नेकपा नेतृत्वको प्रदेश सभा सचिवालय र प्रदेश सरकार स्वयत्ता र स्वशासनको विरोधि भएको ठहर गर्छौँ ।
जसपाले इटहरीमा नेकपाबाट निर्वाचीत हुने प्रदेश सभा सदस्यहरुले इटहरीमा प्रदेश सरकारको कार्यालय ल्याउने भन्दै भोट मागेको तर अहिले आफ्नै निर्णयलाई पाखा लगाएको आरोप लगाएको छ । साथै जसपाले अविलम्ब प्रदेश सभा भवन प्रदेशका विभिन्न ठाउँसँग नाका जोडिएको इटहरीमा सार्न माग गरेको छ ।