इटहरी ।
कोरोना संक्रमणबाट सप्तरी जिल्ला प्रशासनमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
मृतक पुरुष प्रमुख जिल्ला अधिकारीको निवासमा खाना बनाउने गर्थे । उनी लामो समयदेखि प्रजिअ निवासमै खाना पकाउने काम गर्दै आएका थिए ।
गत भदौं ३१ मा संक्रमण पुष्टि भएसगै उनी होम आइसोलेसनमा रहँदै आएका थिए ।
स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताए ।