इटहरीः इटहरी उपमहानगरले सुत्केरी गाईभैसीलाई सुत्केरी भत्ता दिने गरेको छ । इटहरी उपमहानगर पशुपंक्षी शाखा प्रमुख दुर्गालाल श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा ३० वटा गाईभैसीलाई सुत्केरी भत्ताको ब्यवस्था गरियो । पशुविमा गरेका कृषकहरुलाई गाईभैसी सुत्केरी भएपछि २५ सयका दरले भत्ता दिने गरिएको छ ।

विपन्न कृषकहरुले पालेका गाईभैसीलाई सुत्केरी अवस्थामा पोषक खानेकुरा र भिटामिन दिएर दुघको उत्पादन वृद्धि गर्न भत्ता दिन थालिएको उपमेयर लक्ष्मी गौतमले वताइन । चालु आर्थिक वर्षमा सय वटा सुत्केरी गाई वस्तुका लागि भत्ता दिने वजेट विनियोजन गरिएको छ ।

गाईभैसीलाई भत्ता दिएर पशुविमा वढोस भन्ने पनि लक्ष्य राखिएको शाखा प्रमुख श्रेष्ठले वताए ।यो आर्थिक वर्ष २५ सय मूल्य वरावरको भिटामिन र पोषणयुक्त खादयसमाग्री खरिद गरेर वितरण गर्ने योजना रहेको उनले जानकारी दिए ।