इटहरीः इटहरी जेसीजले आयोजना गरेको हाजिरिजवाफ प्रतियोगितामा तरहरा जेसीज प्रथम भएको छ । इटहरी जेसीजले जेसीज सप्ताहको छैठौँ दिन आज ९शुक्रवार० हाजिरिजवाफ गरेको हो । १० वटा जेसीजको सहभागिता रहेको सो प्रतियोगितामा इन्द्रपुर जेसीज दोस्रो र लेटाङ् जेसीज तेस्रो भएका छन् ।

qize 2

इटहरीले जेसीजले असोज ३ गते जनचेतनामूलक साइकल यात्राबाट सुरु गरेको जेसीज सप्ताहमा ४ गते पथीभरा फुटसलमा मैत्रीपुर्ण फुटसलको आयोजना गरेको थियो । त्यस्तै ५ गते अर्थात् तेस्रो दिन जेसीज स्थापना भएको ३४ वर्ष पुरा गरेको अवसरमा इटहरी ९ को मरिक टोलका ३३ परिवारलाई खाद्यान्न लगायतको रहत सामाग्री वितरण गरेको थियो ।

 चौथो दिन असोज ६ गते जेसीजले इटहरीको टैँग्रा टोलका ३३ जनाको निशुल्क कोरोना विमा गरेको थियो । जेसीजले असोज ७ गते भर्चुअल रुपमा नाम कार्यक्रम गरेको थियो । जेसीजले ७ दिनसम्म फरक फरक कार्यक्रम गरेर जेसिज सप्ताह मनाएको हो । सप्ताहको अन्तिम दिन भोलि (शुक्रवार) जेसीजले भर्चुअल रुपमा समापन समारोह गर्ने भएको छ ।

qize 1