इटहरीः सुनसरीको इटहरीमा बनेको एक सय बेडको आइसोलेसनमा संक्रमित बस्न थालेका छन् । आइसोलेसन केन्द्र तथा स्वाव संकलन केन्द्रका प्रमुख वरिष्ट अ.हे.व शिव कुमार झाका अनुसार आइसोलेसनमा हाल ५ जना संक्रमित रहेका र एक जना संक्रमितलाई ल्याउने तयारी भइरहेको जानकारी दिए ।
हाल आइसोलेसनमा ३ पुरुष र २ महिला गरि ५ जना रहेका छन् । आइसोलेसन केन्द्रका प्रमुख झाका अनुसारी विहिवार कोरोना संक्रमण पुष्टि भएकी इलाका प्रहरी कार्यालयकी एक महीला प्रहरीलाई ल्याउने तयारी भइरहेको जानकारी दिए । उनि आएपछि त्यहाँ संक्रमित भइ बस्नेको संख्या ६ पुग्ने छ । आइसोलेसनमा रहेका संक्रमितमा कोरोनाको सामान्य लक्षण मात्र देखिएको तथा संक्रमितको अवस्था सामान्य रहेको प्रमुख झाले जानकारी दिए ।
जिल्लामा कोरोना संक्रमितको संख्या तिव्र गतिमा बढ्दै गएको र संक्रमितलाई राख्न बेड अभाव भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा ६०० बेड क्षमताको आइसोलेसन बनाएको छ । जसमा इटहरी रंगशालाको आइसोलेसनमा बेड क्षमता १०० रहेको छ । सो आइसोलेसनमा बस्न इटहरीका संक्रमितलाई पहिलो प्राथामीकता दिइने आइसोलेसन निर्माण उपसमितिका संयोजक तथा इटहरी उपमहानगरपालिका ९ नम्बर वडाका वडाध्यक्ष भुपेन्द्र बरालले जानकारी दिए ।